विश्व समाचार

भारतमा कोरोना संक्रमित १५ लाख, अमेरिकामा एकैदिन १५ सयको मृत्यु

भारतमा ‘कोभिड १९’ सङ्क्रमितको संख्या १५ लाख नाघेको छ । गत २४ घण्टामा भारतका ४८ हजार ५१३ मा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १५ लाख ३१ हजार ६६९ पुगेको त्यहाँको केद्रिय स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।

भारतमा गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ७६८ जनाको मृत्यु भएपछि कुल मृतकको संख्या ३४ हजार १९३ जना पुगेको छ ।

सरकारी अधिकारीहरुका भारतमा कोरोना भाइरस सङ्क्रमित मध्ये ९ लाख ८८ हजार २९ व्यक्ति निको भएर फर्किएका छन् । हाल भारतमा ५ लाख ९ हजार ४४७ जना कोरोना भाइरस सङ्क्रमित अवस्थामा रहेका छन् ।

अमेरिकामा एकैदिन एक हजार ५ सय ९२ को मृत्यु
अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणको। कारण मङ्गलबार एकै दिनमा १ हजार ५९२ जनाको मृत्यु भएको जोन्स हप्किन्स् विश्वविद्यायले जानकारी दिएको छ । गत २४ घण्टामा कोरोना भाइरसका कारण भएको यो मानवीय क्षति गएको साढे दुई महिना यताको नै सबैभन्दा बढी भएको जनाइएको छ ।

स्थानीय समयानुसार मङ्गलबार राती ८ः१० सम्म एकै दिनमा अमेरिकामा ६० हजार कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका बाल्टिमोर आवद्ध विश्वविद्यालयल जानकारी दिएको छ ।

अमेरिकामा ४४ लाख ९८ हजार ३४३ जनाको सङ्क्रमित भएका छन् भने १ लाख ५२ हजार ३२० जनाको मृत्यु भइसककेको छ ।

कोरोना भाइरसको कारण विश्वभरीमा एक करोड ६९ लाख १ हजार ४०७ जना सङ्क्रमित भएका छन् । गतवर्षको डिसेम्बर महिनाबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको यस भाइरसको कारण विश्वभरीमा ६ लाख ६३ हजार ५५७ व्यक्तिको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.