राजनीति
गृहमन्त्री गुरुङ सुनसरी जानुहुँदै
गृहमन्त्री सुधन गुरुङ बिहीबार सुनसरी जानुहुने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार प्रधानमन्त्री वालेन्द्र शाहसँगको भेटपछि गृहमन्त्री गुरुङ सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज जान लाग्नुभएको हो ।
मन्त्री गुरुङले गत साउन १० गते सुनसरीमा भएको झडपमा मृत्यु भएका ओमप्रकाश मेहता र सोही झडपमा घाइते भइ उपचारका क्रममा आज मृत्यु भएका जयप्रकाश मेहताका परिवारसँग भेट गर्नुहुने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
मन्त्री गुरुङसँगै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता पनि सुनसरी जान लाग्नुभएको हो । सुनसरी मन्त्री मेहताको गृह जिल्ला हो ।




प्रतिक्रिया राख्नुहोस्