टोकियोमा संक्रमितको नयाँ रेकर्ड, परीक्षण केन्द्र ३ सयबाट १४ सय पुर्याउने योजना
जापानको राजधानी टोकियोमा कोरोना भाइरस संक्रमितको संख्या लगातार बढिरहेको छ । विहिबार ३ सय ६७ जना नयाँ संक्रमित भेटिएको टोकियो महानगपालिका प्रशासनले जनाएको छ । टोकियोमा एक हप्तायताकै यो उच्च संख्या हो ।
टोकियोमा हालसम्म १२ हजार ३२ सय २८ जना संक्रमित रहेका छन् । लगातार संक्रमण बढ्न थालेपछि टोकियो मेडिकल एसोसिएशनले कोरोना भाइरस परीक्षण केन्द्र बढाएर १ हजार ४ सय बनाउने योजना बनाइरहेको समाचार छ ।
जापानी समाचार संस्था एनएचकेका अनुसार एसोसिएशनले कम्तिमा ३ सय परीक्षण केन्द्रलाई बढाएर १४ सय पुर्याउनेतर्फ विचार गरिरहेको छ । यतिबेला टोकियोभर ३ सय परीक्षण केन्द्र स्थापित गरिएको छ । जसमा अस्पताल, स्थानीइ मेडिकल एसोसिएशन र विभिन्न नगरपालिकाद्वारा संचालित केन्द्र सामेल छन् ।
टोकियो मेडिकल एसोसिएशनका अधिकारीका अनुसार जुलाई महिनामा परीक्षण गराउनेको संख्या परीक्षण केन्द्रहरुको क्षमताभन्दा अत्यधिक भएकाा कारण ढिलाई भएको थियो । संक्रमितको संख्या बढिरहेका कारण परीक्षण केन्द्र व्यापक रुपमा बढाउनेतर्फ विचार भैरहेको छ ।
त्यस्तै अस्पतालहरुमा स्वाब परीक्षण गर्ने पिसिआर केन्द्रको संख्या पनि बढाइने छ । अधिकारीहरुका अनुसार अब प्रति १० हजार मानिसका लागि एक परीक्षण केन्दू स्थापना गर्ने योजना रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्