राजनीति

काठमाडौंमा कोरोनाको बढ्दो जोखिम : रातिको समयमा उपत्यका प्रवेशमा रोक

काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि यसलाई न्यून गर्न सरकारले नयाँ नियम लागू गरेको छ । गृह मन्त्रालयले बिहिबारदेखि रातिको समयमा उपत्यका प्रवेशमा रोक लगाएको छ भने दिउँसोको समयमा समेत उपत्यका प्रवेशमा कडाइ गरेको छ ।

गृह मन्त्रालयले बिहिबार एक विज्ञप्ति जारी गरी साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म अत्यावश्यक र ढुवानीका सवारीबाहेक आवागमन पूर्ण रोक लगाउन प्रशासन कार्यालयलाई विशेष निर्देशन जारी गरेको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा मुलुकका विभिन्न जिल्लाबाट उपत्यका आउने यात्रुको प्रवेश नाकामा परीक्षण गर्दा कोभिड–१९ को सङ्क्रमण देखिएकाले कडाइ गर्न निर्देशन दिएको उल्लेख छ ।

यस्तै काठमाडौँ उपत्यकाबाहेकका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन जारी गर्दै मन्त्रालयले अत्यावश्यक काममा बाहेक अन्तर जिल्ला सवारी आवागमनका लागि पास जारी नगर्नसमेत भनेको छ ।

मन्त्रालयले बिहिबार नै ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई उक्त निर्देशन जारी गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.