जन सरोकार

न्यायाधीशमा कोरोना संक्रमण : अदालतका निश्चित काम बाहेक अरु बन्द

कोरोना भाइरस संक्रमणले नेपालमा दायरा फैलाउँदै गएको छ । यसै क्रममा प्रदेश २ उच्च अदालत जनकपुरधामका एकजना न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ । ५० वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको अदालत स्रोतले जनाएको छ ।

यही साउन १३ गते उच्च अदालतका न्यायाधीशसहित २२ जनाको स्वाब संकलन गरी जाँच गरेकोमा एक जनाको पोजेटिभ आएको हो । प्रदेश २ मा न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको यो दोस्रो केस हो ।

यसअघि उच्च अदालत जनकपुरधामको राजविराज इजलासका ५८ वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । न्यायाधीशमा पनि कोरोना संक्रमण पुष्टि भएपछि लकडाउनको अवधीमा गरिँदै आएका निश्चित कामकारवाहीबाहेक अन्य काम साउन १६ गतेदेखि ३१ गतेसम्म स्थगित गर्ने निर्णय उच्च अदालतले गरेको छ ।

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.