साहित्य
कविता : कोरोनाले हामीलाई के सिकायो
भत्केका घर पोत्न सिकायो,
बाँझो जग्गा जोत्न सिकायो।
धान,कोदो, मकै रोप्न सिकायो,
मैलो लुगा लागाउन सिकायो।
स्वावलम्बी भयर बाच्न सिकायो ,
परिश्रम गरेर ज्यान पाल्न सिकायो।
दूध, मोहि, र घिउ खान सिकायो,
हुलमुलमा बाहिर न जान सिकायो ।
।
काचो कचिलो खानपिन सिकायो,
प्रकृतिमा भित्र रमाउन सिकायो ।
बोट बृक्ष हेर्न र समाउन सिकायो ,
गाउँ मै बसेर रमाउन सिकायो ।
नारायण प्रसाद ढकाल – हाल पोखरा