धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक शुक्रबार दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ९६ अङ्कले बढेर दुई हजार ६८५ दशमलव ५४ अङ्कमा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ४४ अङ्कले बढेर ४७० दशमलव १३ पुगेको छ । त्यस्तै फ्लोट सूचक एक अङ्कले बढेर १८४ दशमलव ५९ मा पुगेको छ ।
त्यस्तै, सेन्सेटिभ फ्लोट सूचक शूल्य दशमलव ७७ अङ्कले बढेर १५९ दशमलव ४८ मा पुगेको छ । शुक्रबार विभिन्न कम्पनीका ८८ लाख ५१ हजार २१६ कित्ता सेयर रु तीन अर्ब ७५ करोड ९७ लाख २२ हजार ३४० मूल्यमा खरिद बिक्री भएको छ । आज १३ उपसमूहमध्ये ११ उपसमूह बढेका छन् भने दुई उपसमूह घटेका छन् ।
शुक्रबार १८० कम्पनीको सेयर बढ्यो भने ८२ कम्पनीको सेयर घट्यो । त्यसैगरी १३ कम्पनीको सेयर स्थिर रह्यो । नेप्सेका अनुसार शुक्रबार एभरेष्ट कलर लिमिटेड, लक्ष्मी भ्यालु फण्ड र जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् ।
त्यस्तैगरी बोर्टलर्स नेपाल(तराई) लिमिटेड, कालिञ्चोक हाइड्रोपावर कम्पनी र कर्पाेरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् ।




प्रतिक्रिया राख्नुहोस्