जल/वातावरण

वृद्धवृद्धा र बालबालिकालाई घरबाट बाहिर ननिस्कन सरकारको आग्रह

लकडाउन खुलेपछि कोरोना संक्रमण फैलदै गएका बेला सरकारले थप सतर्कता अपनाउन आग्रह गर्दै काठमाडौं उपत्यका र घना वस्ती भएका ठाउँहरूमा ६० वर्ष माथिका जेष्ठ नागरिक र १२ वर्ष मुनिका बालबालिकालाई घरबाट बाहिर ननिस्कन अनुरोध गरेको छ ।

यी उमेर समूहका व्यक्ति संक्रमणको जोखिमा रहेको इंगित गर्दै घरबाट बाहिर ननिस्कन आग्रह गर्नुभएको हो । त्यसै गरी सरकारले आरडीटी विधिबाट एन्टिबडी परीक्षण नगर्न पुनः निर्देशन दिएको छ ।

कोरोनाभाइरसको संक्रमण रहेरनरहेको पत्ता लगाउनका लागि गरिने आरडीटी परीक्षण नगर्न सम्पूर्ण प्रदेश र स्थानीय तह तथा अस्पतालहरुलाई मन्त्रालयका प्रवक्ता डा. गौतमले निर्देशन दिनुभएको छ ।

यसैबीच प्रदेश २ को वीरगन्ज र जनकपुरमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि मन्त्रालयले विज्ञ टोली त्यसतर्फ पठाएको छ । मन्त्रालयले स्वास्थ्य सेवा विभागका महानिर्देशन डा. दीपेन्द्र रमण सिहंको नेतृत्वमा उच्चस्तरीय टोली वीरगन्‍ज पठाइएको प्रवक्ता गौतमले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.