महासचिवज्यू ! यति पनि नहँसाउनुस्, जनताको पेटै दुख्यो !
हँसाउनुको पनि सिमा हुन्छ नि यार ! कामरेड शंकर पोखरेलज्यु !! तपाईंले त मान्छेको हुरुक्कै प्राण जाने गरी पो हँसाउनु भो यार !!!
तपाईंले कहाँ र कुन चाईँ एमाल्या कार्यकर्तालाई देख्नु भो र “नेपालका राजनीतिक दलका नेता तथा कार्यकर्ताँ सबैभन्दा ईमान्दार र अभ्रष्टाचारी कार्यकर्ता र नेता भन्या एमालेहरु नै हुन” भनेर ग्यारेन्टी गर्नु भो हँ ?
हो यस्तै यस्तै कुरा गर्नु हुन्छ र त जनतालाई मेट मिचीमिची हाँस्न मनलाग्छ के । कस्का अगाडि भन्नू भाको कुन्नि यस्तो कुरा ! तर क्यार्नु कुन चाईँ महानुभावले हजुरका कुरा सामाजिक सञ्जालाँ हाल्दिहालेछ अनि तपाईंले भन्या कुरा पढेछि त मुटुनै बाउँडिने गरी हाँसियो त नि १।
हँसाउने कलाँ तपाईं नि वलीभन्दा कम हुनुहुँदो रैनछ कि जस्तो लायो के ? के ! यो ३५ बर्ष शासन गर्दा तपाईंका नेता कार्यकर्ताले कतै भष्टाचार गरेनन् त ? त्यसो भए २/४ वटा उदाहरण मात्रै दिम है त ती भष्टाचार कल्ले गर्यारैछन अनि बल्ल था पाउनु होला ।
जस्तो झापा गिरिबन्धु टि काण्ड भन्छन् नि त्यो भष्टाचार गर्ने केपी वली एमाले हैन्छन कि क्या ? अनि त्यो रामदेववाला जग्गा काण्ड गर्ने माधव नेपाल कुन पाटियाँ थे कुन्नि ?? अनि कोरानाँ ओखति काण्ड गर्ने ढकाल मन्त्री को रैछन कुन्नि ???
कोरानापछि पोखराँ जग्गाकाण्ड मच्चाएर मन्त्रीबाट फुत्किने गुप्ताचाईँ एमालेका हुन कि अरु कोई हुन ? अनि पानीटंकियाँ पैशा लुकाउने ईश्वर पोखरेलाई चिन्नु हुन्छ कि हुन्न कुन्नि जनताले त एमालेकै हुन् भन्ने चिन्या छन । तर उनी कुन पाटिका हुन आँफै छुट्याउनुस है त ।
भो ! ह्याँ धेरै उदाहरण देर काम छैन । एमालेको कर्मचारी हुम् भनेर अफिस अफिसका संगठन संगठनदेखि नेता तथा कार्यकर्ताँका आडाँ एमाले र एमालेका शाखा सन्तानसम्मले कति भष्टाचार गरे भन्ने कुरा त अरु कसैले नभने नि तिनै तपाईंहरले आफ्नो साख्खै भनेर नियुक्त गर्या अख्तियार प्रमुख प्रेमकुमार राईल्यै भन्लान के रे !
त्यै भएर जबजब एमाले सरकाराँ रह्यो वा अघिपछि एमाले कार्यकर्ता र नेता जोडिया भष्टाचारका मुद्दा कति छन् यसो उपलब्ध गराई दिनुपर्यो भन्नोस् त उनैले उपलब्ध गराइदिन्छन नि डेटा ।
त्यसैले जो महान भष्टाचारी छन् र तिनरु त्यसैमा रम्न चाहन्छन र समाजमा एमालेका नामले परिचित छन् । ती मान्छेलाई एमाले हैनस् भन्दा कति पिर मान्छन् होला बिचार गर्नुभा’छ ।
यो कुरा सुने भने भख्रै भष्टाचारी र मान्छे बेचबिखनमा प्रमाणित भाका टोपबहादुर रायमाझीले कति दुःख मान्लान् कि एमाले भष्टाचारी हुन्नन् भन्दा ।
जेलबाट कैले निस्किमला र फेरि चुनाब लडेर भष्टाचारी गौरवगाथा कायम गरम्ला भनेर उनी दिन गन्ने अनि पाटीकै महासचिवले एमालेहरु भष्टाचारी हुन्नन् भन्देछि कार्यकर्ता साख कति गिर्ला भन्नुस त !
त्यसैले मत भन्छु अब तपाईं अब कतै बोल्दा वा कार्यकर्ता र अँझ विशेष गरी वलीका अगाडि बोल्दा “यो देशाँ भष्टाचार नगर्ने ब्यक्ति एमाले हुनै सक्दैन” भनेर एमाले कार्यकर्ताको मिनिमम योग्यता भष्टाचारलाई बनाई दिनोस् त तपाईंका कार्यकर्ता तपाईंशीत कति खुशी हुन्छन ।
त्यसैले महासचिवज्यु अबको जमाना भन्या भष्टाचार नगर्ने र उटपट्याङ् नगर्नेको हैन । बरु जति सक्यो भष्टाचार गर्ने हत्या, आतंक र अशान्ति मच्चाउनेका छन् । त्यसैले यसो बिचार पुर्याएर बोल्नुपर्ला है अन्यथा फेरि आउने चुनाबाँ नि अयोग्य हुनुहोला ।
अनि तपाईंहरु जत्तिको मान्छे चुनावाँ देशैभरियाट योग्य बन्ने स्थिति वा अवसर आएन भने त यो देशाट कमिनिष्ट भन्ने जातै भुटियला त हँ । देशाट कमिनिष्टै सक्कियो भने त वलीबाको अरु २५ बर्ष पाटी अध्यक्ष र सरकार प्रमुख बन्ने सपना काँट पूरा होला त ! कुरो बुझ्नु भो त महासचिव ज्यु !?।




प्रतिक्रिया राख्नुहोस्