जन सरोकार

मानव बेचबिखनमा संलग्न फरार अभियुक्त पक्राउ

मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रही फरार अभियुक्त सिन्धुपाल्चोक चौतारा नगरपालिका १ घर भई काठमाडौं गोकर्णेश्‍वर नगरपालिका ३ बस्नेत गाउँ बस्ने ४६ वर्षीय याङलाल लामा भन्ने ह्यांग लाल तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ

उदयपुर, झापा, सिन्धुपाल्चोक र काठमाडौं जिल्लाका ४ जना महिलाहरुलाई तामाङ समेतले विभिन्न मितिमा कुवेतमा राम्रो तलब हुने घरायसी काममा लगाईदिने भन्दै प्रलोभनमा पारी भारत लगेर बन्धक बनाएका थिए ।

ती महिलाहरुलाई २०७३ चैत्रमा वीरगञ्ज नाका हुँदै भारतको नयाँ दिल्लीस्थित उत्तमपुरमा बन्धक बनाई राखेको अवस्थामा भारतस्थित नेपाली दुतावास समेतको सहयोगमा उद्धार गरेर २०७४ जेठमा काठमाडौं ल्याई मनोपरामर्श पश्चात् आफन्तको जिम्मा लगाइएको थियो ।

उक्त घटनाको अनुसन्धान तथा संलग्न व्यक्तिहरुको खोजी गर्ने क्रममा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले तामाङलाई पक्राउ गरेको हो ।
तामाङ उपर कानुन बमोजिम अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.