मन्त्री बन्न तम्सेकाको दौरा–सुरुवालमा ढुसी लाग्यो !
हेलो कमरेड प्रचण्ड जी ! वलीजीसित मिलेर प्रदेश सरकारलाई गर्ल्यामगुर्लुम ढालेर नयाँ सरकार त बनाउनु भो तर कर्नालीयाँ र पूर्वान्चलाँ त सरकार तुर्लुङ झुन्ड्या झुन्ड्यै भो नि ! त्यसो त सुदुरपश्चिमको सरकारको हालत नि त्यै हो ।
बिचरा मुख्यमन्त्रीहरु मन्त्रीमण्डल बनाउन नसकेरै रुवाबासी गर्याया छ । ढाल्ने बेलाँ बाले आफ्नो अधिनायकवाद देखाएर ढाल्दे । सरकार बिस्तार गर्ने बेलाँ कतै एमालेले टेरपुच्छर लाउन्नन् अनि कतै माओवादीले टेरपुच्छर लाउन्नन् ।
कतिले मन्त्री बनम्ला भनेर हत्त न पत्त सिलाका महेलपोस सुरवाल नि राख्दाराख्दै ढुँसी लाएर गन्हाउन पो थाली सके । के गर्ने बिना महेलपोस मन्त्री नै बन्न नसकिने अनि न सिलाउँ भने नि भएन । अब सबै कमिनिष्ट एक हुने हो ।
एमालेसित मिलेर सरकार बनाइयो अब पाटी एकीकरण गरेर नि नेपालका सारा बाम एक ठाम भइन्छ र त्यसपछि आउने चुनाबाँ बाम बाहेक कसैले चुनाब जित्दैनन् भनेर मख्ख पर्या प्रचण्ड कमरेड !
एमाले महासचिव शंकर पोखरेलका टेढा बाङ्गा कुरा र एकिकरणमा धोका देलान जस्तो गरेछि प्रचण्ड कमरेड फेरिपनि घरको न घाटको होईन्छ कि भनेर पो निसास्सिन थाल्या छन त !
पाटी एकीकरण गर्ने, गर्ने बेलाँ शंकर पोखरेलले पाटी एकीकरणै गर्ने हो भने नेकपा भन्ने पाटीलाई डिजल्भ गरेर आउनुपर्छ त्यसपछि बल्ल एकीकरण गर्ने नगर्ने भनेर सोचिन्छ हैन भने एकीकरण हुन्न भनेजस्ता कुरा सामाजिक सन्जालाँ गरेर छरपस्ट पार्देछि बिचरा प्रचण्डको पाटिएकिकरण गर्ने बने बनाको खेल बिग्रन्छ कि भने जस्तो पो देख्खियाछ त १
यता कमिनिष्टहरु एक हुन लाको देखेछि उता तराइका सम्पूर्ण दलका नेताहरु नि एकीकरण भएर राजनीतिक चुनौति दिने भनेर मिटिङका मिटिङ गरेछि त्यसै पनि छटपटाका प्रचण्ड झन् प्रभु साह र उपेन्द्र यादव जस्ता सबैभन्दा ठूला शत्रुहरु एकठाँ भएर जनार्दन शर्मा र सिके राउतलाई समेत मिसाएर फेरि एक ठाँ हुने जमर्को गरेछि झन छट्पटी छुट्याछ ।
अनि यै बेलाँ एमाल्या महासचिवले पाटी डिजल्भ गरेर एकीकृत हुन आउ भन्देछि एमाल्याँ जाम्ला र ठूलै भाग खाम्ला भनेर बस्या मान्छेलाई चिन्ता त त्यशै हुने भो नि हैन र ?
त्यसै त रास्वपाले बुढा नेता र पुराना पाटीलाई लखेटालखेट पार्याछ अँझ भएन भनेर वलीले आफू नदेख्खिएर शंकर पोखरेललाई लगाएर प्रचण्डको पाटी एकीकरण र आउने चुनाँबाँ बहुमत ल्याएर सरकार बनाएर फेरि राष्ट्रिय ढुकुटीयाँ दाइ हालम्ला भन्ने सपना त त्यसै तुहिने भो नि हैन र ?१
प्रचण्ड कमरेड म त भन्छु वलीसित पाटी एक बनाएर सरकार बनाम्ला र दशबीस वर्ष मस्ति गरम्ला भन्नू भन्दा बरु तिनै तराईका धेरै सिट भाका र धेरै जनसंख्या भाका ठाउँका नेतासित भाखा मिलाउनुस र पाटीको यौटा राम्रो नाम जुराएर अर्को दल बनाउनुस् अनि सबै मधेसी नेतालाई एकीकरण गरेर जानोस् । त्यसले तपाईंको सपना पूरा हुन सक्छ ।
तर, त्यो एमालेको पछि लाएर हिँडनु भो भने तपाईँलाई पटकैपिच्छे फरक फरक नेताले भाँजो हालेर तपाईंलाई एकीकरण हुन दिनेवालै छैनन । त्यसैले सबै कमिनिष्ट एक हैन कि चुनाब जित्नसक्ने सबै एक हुनोस र रास्वपालाई टक्कर दिनोस ।
हैन भने रास्वपाको २० वर्षे अवछिन्न सत्ता स्वीकार्नोस, त्यसपछि तपाईंहरका दिन जान्छन । यौटा बृद्धाश्रममा जानोस् काल पर्खिनोस बस्नोस । उता छेउछाउमा बसेर वली बा ताली पिटदै बस्दै गर्छन अनि यता प्रचण्ड ताली पिटदै बस्दै गर्ने । के गर्ने त बेलाँ मिलेर जानुको सट्टा एक अर्काको रिस गर्दै बस्दै गरेछि हुने यै त हो । कि कसो नेताजीहरु मैले ठिक भनेँ नि ।




प्रतिक्रिया राख्नुहोस्