जापान
जापान-काठमाडौं चार्टर्ड उडानको तालिका हेरफेर : नयाँ मिति १४ अगस्ट
जापानको राजधानी टोकियोस्थित नारिता विमानस्थलबाट काठमाडौंका लागि तय भएको अगस्ट १०, २०२० को चार्टर्ड उडानको तालिका फेरिएको छ । टोकियोस्थित नेपाली दूताबासले बिहिबार एक विज्ञप्तिमार्फत तालिका फेरिएको जानकारी दिएको हो ।
दूताबासका अनुसार जापानबाट नेपाल फर्कन चाहनेहरुको सुविधा (स्वास्थ्य परीक्षण तथा टिकट काट्ने समय) लाई ध्यानमा राख्दै चार्टर्ड उडान १४ अगस्टका लागि तोकिएको हो ।
यसै गरी दूताबासले चार्टर्ड उडानका लागि टिकट काटेपछि मात्र कोभिड-१९ को परीक्षण गर्न अनुरोध गरेको छ भने हवाई टिकट पहिलो आउनेलाई पहिलो प्राथमिकताका आधारमा दिइएने पनि जानकारी गराएको छ ।
प्रतिक्रिया राख्नुहोस्