जल/वातावरण

सिराहाका २१ वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु

पछिल्लो समय कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढिरहेको छ । बिहिबार राति सिरहाका कोरोना संक्रमित २१ वर्षीय युवकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्लाको गोलबजार नगरपालिका वडा नम्बर १२ निवासी युवकको बिहीबार राति मृत्यु भएको सिरहा प्रशासनले पुष्टि गरेको छ ।

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलका अनुसार मिर्गौला रोगी उनी डायलासिस सेवा लिन धरान पुगेका थिए । उनमा केही दिन अगाडि उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनको शवलाई ल्याएर सिरहामै व्यवस्थापन गरिने छ । उनको कन्ट्याक्ट ट्रेसिङ्गमा आएका परिवारका चार जनालाई क्वारेन्टिनमा राखिएको छ ।

सम्बन्धित खबर

Back to top button