जापानले जनवरीदेखि मार्चसम्म कोरोनाको खोप आपूर्ति गरी वितरण गर्ने
जापानले बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकाद्वारा विकसित कोरोना भाइरसको खोप आगामी जनवरीदेखि मार्च महिनाको बीचमा आपूर्ति गरेर वतरण सुरु गर्ने तयारी गरिरहेको त्यहाँका स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।
खोप एस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले संयुक्त रूपमा विकसित गरिरहेको छ र केही देशहरुमा परीक्षणहरुको अन्तिम चरणमा छ । यस्तोमा खोप आपूर्तिका लागि जापानले पहिलोपटक तालिका तय गरेको एनएचकेले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अधिकारीहरुका अनसार जापानमा यसै महिनामा खोपको क्लिनिकल परीक्षण सुरु हुने र आपूर्ति प्रणालीको पनि तयारी भैरहेको छ । यो खोप प्रतिव्यक्ति १ वा २ पटक चलाउनुपर्छ । जापानमा कतिजना व्यक्तिमा खोप लगाइन्छ भनेर निर्णय भने भैसकेको छैन ।
सरकारले १ सय २० मिलियन खोप आपूर्तिको योजना बनाएको र खोपले राम्रोसंग काम गरेमा आगामी वर्षको पहिलो ३ महिनामा ३० मिलियन खोप वितरण गर्ने अपेक्षा राखेको छ ।
प्रतिक्रिया राख्नुहोस्