जल/वातावरण

पोखराका ६२ वर्षीया पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु

कास्कीमा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । सङ्क्रमण पुष्टि भई उपचाररत पोखरा–१९ का एक ६२ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको होे ।
यही साउन १७ गते कोरोनासहित मधुमेहबाट पीडित भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको ‘कोभिड उपचार केन्द्र’को सघन उपचारकक्षमा उपचार भैरहेको थियो ।

उपचारकै क्रममा ती पुरुषको शनिबार राति ११ः३५ बजे उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिनुभयो । हालसम्म पश्चिमाञ्चल अस्पतालमा उपचारका क्रममा तीन सङ्क्रमितको मृत्यु भएकामा स्याङ्जाका दुई जना छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.