बिचार

राजतन्त्रको कुर्सी गणतन्त्रबाट फेरियो, हिंसाको खेल भने फेरिएन

हैन यो देशको अस्तित्व हत्या र आतंककै नाममा भेटिचढने हो कि क्या !? दरबार हत्याकाण्डका नाममा भित्रिएको हत्या र आतंकको खेल थामिएला जस्तै देखिन्न त !

माओवादीको नाममा प्रचण्डले ५२ फागुन १ देखि चलाएको हत्या, लुटपाट र आतंकको राजनीतिसंगै देशमा गुपचुपमा गरिएको राजा वीरेन्द्रको बंशनासको शिलशिलापछि नै देश हिंशाउन्मुख बन्यो ।

देशमा राज्य गर्ने राजाको नै बंश नामेट हुने गरी हत्या गरिएपछि माओवादीहरुलाई देशमा हिंसात्मक युद्ध चलाउन ठूलो आडभरोसा मिल्यो । ५२ देखि शुरु भएको काटमार र लुटपाटको खेल दिन दुईगुना रात चौगुना हुँदैगयो । राजा नै नभएछि सुरक्षा निकायले नि देशको जिम्मा लिन छोड्यो ।

हातहतियार शीत गएको माओवादिले सेना र पुलिसलाई जितेर अघि बढिरहेको देखेपछि ७ राजनीतिक दल र माओवादी वीच सम्झौता हुने निष्कर्षमा पुगियो तर यसबिच माओवादीले धेरै मानिसको हत्या, लुटपिट र तोडफोड गरिसकेका थिए ।

सम्झौतासँगै प्रचण्डले १७ हजारको हत्या आफुले गरेको स्वीकार गरे तर ५२ सालदेखि संविधान जारी हुने बेलासम्म कतिको हत्या भयो कति धन सम्पति लुटियो, कतिलाई घरबार विहिन बनाई यो एकिन तथ्यांक भने ऐलेसम्म छैन ।

तर पटकपटक नयाँनयाँ व्यवस्था परिवर्तनका निम्ति भएका आन्दोलन र त्यसमा भएका हत्या हिंसाका घटनाले नेपालको राजनीतिक परिवर्तन हिंसात्मक देखिएको छ ।

हरेक १० बर्षमा भैरहेका राजनीतिक परिवर्तन र ती परिवर्तनमा सर्वसाधारण जनताले ज्यान गुमाएका अवस्था र राज्यको सम्पत्तिको बिनास सितै ८२ भदौ २३/२४ को आन्दोलनले त मान्छेको ज्यान,सरकारी सम्पत्ति, राष्टिय धरोहरमा आगजनि अनि नेताहरुका घरमा आगजनि सम्पत्ति लुटपाट र नेताहरुकै भागाभाग गराएको देखिएपछि अब यो देश हिंसामै फसेको अनुभव गरिँदैछ ।

पुराना र नयाँ दलबीचको लडाईँले यो दुई तिहाइको सरकार पनि कुनै दलको शिकार नबन्ला भन्न सकिँदैन । कमिनिष्टहरुको एकीकरणमा लागेका वली, नेपाल, प्रचण्ड, झलनाथ र वामदेवसँगै तराई मधेसका ७ दल उपेन्द्र, सिके, महन्थ, रेशम, जनार्दन जस्ता मान्छे मिलेर तराईबेस पाटी खोलेर अब तराईबाट देश कब्जा गर्छम् भन्दै हिँडन लागेका छन् ।

यस्तो बेलामा सत्ताका उन्मादमा रहेका रास्वपा कार्यकर्ता भिडन्तमा उत्रिय भने देश खरानी बन्नसक्छ । किनभने हनमीले जेनजीका नाममा भरखरै देश खरानी भएको देखेका छम् भने १९ दिने आन्दोलनका नाममा तराई मधेश जलेको पनि हामीले आफ्नै आँखाले देखेका छम् । त्यसैले अब नेपालमा हुने कुनै पनि आन्दोलन हत्या, हिंसा, लुटपाट बेगर होला जस्तो देखिन्न ।

यो युग भनेको युवाहरुको युग हो । युवाहरुले शान्तिपूर्ण आन्दोलन गर्दैनन् भन्ने कुरा गएको भदौ २४ मा देशैभर एकैपटक र एक नासले आगो लगाएर ब्यक्ति र राष्ट्रिय सम्पत्तिको सत्यानास गरेको घटना हाम्रा अगाडि झल्झली आइरहेका छन । यसबाट पनि अनुमान गर्न सकिन्छ कि यदि मधेशले पनि आन्दोलन छेड्यो भने त्यो शान्तिपूर्ण नै होला भन्ने ग्यारेन्टी छैन ।

किनभने मधेसमा भर्खरै दुईपक्षबीच हिंसा भडकिएर शान्त भएको दुई साता पनि वितेको छैन । त्यसैले राजनीतिक दलहरुबीच के कुरामा असहमति बनिरहेको हो सत्तारुढ दलले सबैलाई एकठाउँमा बसाएर सरकारसित वार्ता गर्न जरुरी छ ।

यदि समयमै यो विषयमा चिन्ता गरिइन र युद्ध चर्कियो भने त्यल्लाई थाम्न सरकारलाई हम्मेहम्मे पर्न सक्छ । त्यसैले पनि सत्तारुढ दल र सरकारमा चेतना जागोस् ! सधैभरि देशले हत्या, हिंसा र युद्ध खेप्न सक्दैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.