विश्व समाचार

कोरोना संक्रमित भारतीय पूर्व राष्ट्रपति मुखर्जीको निधनको समाचार निराधार

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको कोरोना संक्रमणबाट निधन भएको हल्ला निराधार रहेको भारतीय संचार माध्यमले जनाएका छन् । गत सोमबार उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएका मुखर्जीको मस्तिष्कको शल्यक्रिया गरिएको थियो भने उहाँमा कोरोना संक्रमण पनि पुष्टि भएको थियो ।

हिन्दुस्तान टाइम्सका अनुसार मुखर्जीका परिवारले उहाँको मृत्युबारे फैलिरहेको गलत समाचारको विश्वास नगर्न पनि आग्रह गरेका छन् । उनीहरुले पछिल्लो समय मुखर्जीको स्वास्थ्य अवस्थाबारे धेरै हल्ला फैलिरहेको पनि उल्लेख गरेका छन् ।

यतिबेला उहाँलाई कोमामा राखिएको छ । बिहीबार बिहान नयाँ दिल्लीस्थित उनको उपचार भइरहेको आर्मी रिसर्च एण्ड रेफरल हस्पिटलले उहाँलाई कोमामा राखिएको जानकारी दिएको । उहाँ को अवस्था स्थिर रहेको अस्पताललले बताएको छ ।

गत सोमबार नै ८४ वर्षीय मुखर्जी आफैंले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना भाइरस को संक्रमण पुष्टि भएको बताउनुभएको थियो । मुखर्जी सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.