जल/वातावरण

शुक्रबार थपिए ५ सय ९४ जना संक्रमित : कुल संख्या २५ हजार ५ सय ५१

नेपालमा शुक्रबार ५ सय ९४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौं उपत्यकामा १ सय १९ जना रहेको छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा दिनुभएको जानकारी अनुसार काठमाडौं जिल्लामा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै कुल संक्रमितको सख्या २५ हजार ५ सय ५१ पुगेको छ ।

यसै गरी शुक्रबार विभिन्न जिल्लामा चारजनाको मृत्यु भएको छ । योसंगै मृतकको संख्या १०० पुगेको छ । शुक्रबार सिरहा बिष्णुपुर गाउँपालिकाका ४० वर्षीय कोरोना संक्रमित पुरुषको विराटनगर, कोशी अस्पतालमा उपचार क्रममा मृत्यु भएको थियो भने सोही अस्पतालमा विराटनगर, ३० वर्ष, पुरुषको पनि निधन भएको छ

अर्का मृतक जितपुर सिमरा उपमहानगरपालिका ४ सिमरा टोल बस्ने ५० वर्षीय पुरुषरहेका छन् । मधुमेह र रक्तचापका रोगी उनको नारायणी अस्पतालमा मृत्यु भएको हो ।

पर्सा प्रसौनी गाउँपालिका २ प्रसौनी टोल बस्ने ६५ वर्षीय पुरुषको कोरोनाका कारण नारायणी अस्पतालमा मृत्यु भएको छ । दमका बिरामी उनको उपचार क्रममा मृत्यु भएका उनको मृत्युपछि कोरोना पुष्टि भएको हो ।

त्यसै गरी हालसम्म १७ हजार ७७ जना संक्रमणमुक्त भएका छन् । शुक्रबार २४० जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

सम्बन्धित खबर

Back to top button