जन सरोकार

गोंगबुमा नुवाकोटका लक्ष्मण तामाङको छुरा प्रहार गरी हत्या

केही दिनअघि गोंगबुमा एक पुरुषको विभत्स तरिकाले हत्या भएको घटना सेलाउन नपाउँदै गोंगबु नयाँ बसपार्क नजिकै एक जनाको हत्या भएको छ । शुक्रबार राति करिब साढे ८ बजे एक खाजा घरमा विवाद हुँदा दोर्जे शेर्पा समूहले धारिलो हतियार (छुरा)ले नुवाकोटका लक्ष्मण तामाङलाई प्रहार गरी हत्या गरेका हुन् ।

छुरा प्रहारबाट गम्भीर घाइते लक्ष्मणको उपचारका लागि ग्रीनसिटी अस्पताल लगिएकोमा उनको उपचारका क्रममा लक्ष्मणको मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताउनुभएको छ ।



उहाँका अनुसार हतियार प्रयोग गर्ने समूहको खोजि जारी छ घटनामा संलग्न रहेका अहिलेसम्म कोहि पनि पक्राउ परेका छैनन् ।

सम्बन्धित खबर

Back to top button