जल/वातावरण

सरकारी वकिल कार्यालयका कर्मचारीसहित पर्सा र बारामा थप २३ जनामा संक्रमण

कोरोना संक्रमणको हटस्पट बनिरहेको पर्सा र बारामा शनिबार विहान थप २३ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये सरकारी वकिल कार्यालय र वित्तिय संस्थाका कर्मचारी पनि रहेका छन् ।

संक्रमित हुनेहरुमा वीरगञ्ज हेल्थ केयर अस्पतालमा कार्यरत वीरगञ्ज–१८ भवानीपुर बस्ने ५५ र ३० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै नारायणी बयोधा अस्पतालमा क्यान्टिन चलाउँदै आएका वीरगञ्जका २४ वर्षीय युवक, परवानीपुरकी ३५ वर्षीया महिला र ३ दिनदेखि ज्वरो आएर कोरोना जाँच गराएका वीरगञ्ज–१६ नगवाकी ४५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जको हिमाल भान्छाघरमा क्वारेन्टिन बस्दै आएका ३५ वर्षीय युवक, वीरगञ्ज–१५ लक्ष्मणवाका ६० वर्षीय पुरुष, वीरगञ्ज–१३ राधेमाईका ४२ वर्षीय पुरुष, वीरगञ्ज–२० हरपतगञ्जका ५३ वर्षीय पुरुष र बाराको कलैया–१२ का ४१ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पताल पीसीआर ल्याबले जनाएको छ ।

कन्ट्याक्ट ट्रेसिङमा परेका वीरगञ्ज–६ माईस्थानका १९ वर्षीय युवक र ४० वर्षीया महिला, वीरगञ्ज–१५ भिश्वाका ३० वर्षीय पुरुष, वीरगञ्जकै २६ वर्षीय युवक, वीरगञ्ज–२० अपौनीका ११ वर्षका बालक, ३५ र ६५ वर्षीया महिला, वीरगञ्जकै ११ वर्षीय बालक र वीरगञ्ज–२ छपकैयाकी २६ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको छ ।

उच्च सरकारी वकिल कार्यालयका २८ वर्षीय युवक, स्वाबलम्बन लघुवित्त संघका सब म्यानेजर ५३ वर्षीय पुरुष, नेपाल इन्भेष्टमेन्ट बैंक जीतपुर शाखाका २८ वर्षीय युवक र पर्साको पर्सागढी नगरपालिका–८ हरपुरका २३ वर्षीय युवकको पनि पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । नारायणी अस्पताल अन्तर्गत हेल्थ केयरमा १ सय २० बेड क्षमताको अस्थायी कोभिड अस्पताल सञ्चालनमा छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.