राजनीति

योगेशको टिप्पणी- अध्यादेश संविधान ध्वस्त पार्ने षड्यन्त्र

अध्यादेश विनाशर्त फिर्ता लिन माग, केपी र माधव एक कदम पछि हटेर त्याग गर्न आग्रह

नेकपा एमालेका सासद योगेश भट्टराईले सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशप्रति आक्रोश पोख्नुभएको छ । भट्टराईले सामाजिक सञ्जालमार्फत यस सम्बन्धमा टिप्पणी गर्दै यो कार्यले मुलुकलाई घोर अस्थिरतातिर धकेल्ने पनि बताउनुभएको छ ।

भट्टराईले लेख्नुभएको छ- “राजनीतिक दलको बिभाजनलाई सजिलो हुने गरी अध्यादेश जारी गर्नु मुलुकलाई घोर अस्थिरता र अराजकता तिर धकेलेर ब्यबस्था र संबिधानलाई धारासायी पार्ने शुनियोजित षड्यन्त्र हो । यो कदम हिजो पनि गलत थियो, आज पनि गलत छ र भोली पनि गलत नै हुनेछ ।”

राजनीतिक दल विभाजनका लागि हिजो केपी ओली सरकारले ल्याएको अध्यादेशको चर्को बिरोध गर्नेहरुले त्यो बेलाकोभन्दा सजिलो प्रावधान राखेर अध्यादेश ल्याएकोमा आक्रोशित हुनुभएका भट्टराईले “विगतको फोहोरी राजनीतिक अभ्यासका दुस्परिणामबाट शिक्षा नलिनु र पुरानै गल्ती दोहोर्याउनु समकालिन नेतृत्वको घोर असफलता” हो भन्नुभएको छ ।

भट्टराईले आजका दिनमा प्रम शेर बहादुर देउवाले यो अध्यादेश बिनाशर्त फिर्ता लिन माग गर्दै एमाले अध्यक्ष केपी ओली र नेता माधव नेपालले मुलुक र भावी पुस्ताको भविष्यलाई सम्झेर केही कदम पछि हटेर त्यागका साथ सम्झौता गर्न पनि आव्हान गर्नुभएको छ ।

भट्टराईले अन्तिममा आमाको निधनपछि आशोचमा बसिरहेका बेला राजनीतिक टिप्पणी गरेकोमा गलत अर्थ नलगाउन आग्रह गर्दै भन्नुभएको छ- “आमाको दुःखद निधनको शोकमा बसिरहेको बेलामा कुनै राजनीतिक टिप्पणी गर्ने ईच्छा नहुँदा नहुँदै पनि आजको संगीन दिनमा यत्ति टिप्पणी गरेको छु, अन्यथा नमानिदिनु होला ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.