विश्व समाचार

ताइवान टापुको तटमा जहाज डुब्दा तीन बेपत्ता

चिनियाँ माछा मार्ने जहाज शनिबार अज्ञात जहाजसँग ठोक्किएर ताइवान टापुको तटमा डुब्दा माछा मार्ने जहाजका तीन सदस्य बेपत्ता भएको ताइवानको तटरक्षकले जनाएको छ ।

ताइवान टापु

ताइवान र चीनलाई छुट्याउने साँघुरो जलमार्गमा बारम्बार हुने डुङ्गा दुर्घटनाले तनाव बढाएको छ ।

शनिबार बिहान चिनिया झण्डा भएको “मिन लङ यु ६०८७७“ जहाज किमेन टापुको तटबाट करिब ६.५ नटिकल माइल टाढा अज्ञात जहाजसँग ठोक्किएपछि डुबेको ताइवानको तटरक्षक प्रशासनले एक विज्ञप्तिमार्फत जनाएको छ ।

“जहाजमा चालक दलका सात जना सदस्य थिए । चारजनालाई उद्धार गरिएको छ भने तीनजना बेपत्ता छन्”, विज्ञप्तिमा भनिएको छ ।

यस क्षेत्रमा उद्धारका लागि पठाइएको डुङ्गाले बेपत्ता चालक दलका सदस्य फेला पार्न नसकेको बताएको छ।

ताइवानको तटरक्षक र यसका चिनियाँ समकक्षीहरूले तटमा खोजी र उद्धार गरिरहेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.