बिचार

तालिबानीको सत्ता कब्जा र बैदेशिक हस्तक्षेप

दिपेन्द्र अधिकारी शान्ति र समृद्दी भन्ने शब्दले एउटा राष्ट्रको जिबनमा धेरै अर्थ राख्छ । हो त्यहि शान्ति र समृद्दी नै ध्वस्त भयो भने मुलुक कस्तो होला ? धेरै सोचिरहनै पर्दैन अफगानिस्तान ,सिरिया,इराक आदि यस्तै अझै अरु । रसिया १९७९-८९ युद्ध, अफगान सिबिलयुद्ध(गृह) १९८९-१९९६,त्यसपछि अमेरीका, अलकायदा र तालिवानका नाममा अफगानी जनतालाई नराम्ररी दुख दिए ।

अफगानिस्तान स्वयं स्वतन्त्र देश भएर पनि ‘भाइ फुटे गँवार लुटे” भने झैँ आफैले बिदेशी भित्र्याएर आज सम्म पनि स्वतन्त्र हुन पाएकै छैन । नेपाल जस्तै भूपरिवेष्टित मुलुक भएपनि शक्तिसाली देशहरूको साथै इश्लाम आतङ्कबादहरूको आकर्षणको केन्द्र बनेको छ अफगानिस्तान । कारण हो साम्राज्य मुलुकबिच सेन्टर,अरबियन देशको तेल, अफि म व्यापार केन्द्र नै अफगान हुनु नै अफगानको कमजोर पक्ष हो भने अफगान आफै आपसमा नफुटेर एक भएको भए अफगान र अफगानी जनताले फाइदा लिन सक्नेथिए,आज शान्त र समृद्ध देशको नागरिक बनि सकेको हुने थिए ।

यो त एक सपना भयो तर त्यसो नभइ अफगान माथी सबैको आँखा लाग्दा अरव देशहरूको केन्द्रमा पनि पर्ने भएकाले सबैदेशहरू माथी कब्जा गर्न सजिलो भुभाग हुनाले स्वार्थी अफगानका राजनीतिक, अतिबादी आतङ्कबादी शक्तिलाईनै हातमा लिनेहरू रसिया, अमेरीका हुन । हिजो यि दुई देशले नै अमेरीका र रसीया बिच प्रतिस्पर्धा हुदा बलजफ्ती लडाई गराउथे । आज फेरि बिस बर्ष सम्म सुरक्षा ग्यारेन्टी लिएको भनिएको अमेरीकाको सैनिक र अमेरीका समर्थक रास्ट्रपतिले देश छोडेका छन् । आज अमेरीकानै दुई ध्रुबमा बिभाजीत छ ।

न्युयोर्कको टुइन-टावरको बदलाको नाममा आफैले पालेको आतङ्कबाद बिन लादेन लाई दोष दिएर दश बर्ष पछि बिन-लादेन लाई अन्त्य गरेको घोषणा गर्दै आफ्नो बर्चस्व कायम गरेको अफगानिस्तानमा भौतिक संरचनामा ठुलो रकम लगानी गरेपनि आज अकस्मात शान्तिपूर्ण तरिकाले अमेरीका फर्कियो । यसमा दुईवटा रणनीति हुन सक्छ । एक युद्ध आतङ्क नियन्त्रण लिने नाममा सम्वन्धित देशका नागरीक धेरै मर्दामर्दै पनि धेरै अमेरीकी सैनिकहरुले पनि धेरै आहुति दिन परेको छ ।

टुइनटावरले मरेको भन्दा बढी नागरीक बदला लिनको अमेरीकी नागरीक मरे । यस्ता घट्नाहरु बाट साच्चिकै पिडा महसुस गर्ने वा बिसुद्द युद्दमा पनि ब्यापार देख्ने वा भनौ मानबताबाद वा स्वार्थबाद कुन बाट अभिप्रेरित भई यो कदम चालिएको हो भन्ने कुरा अझै रहस्यमै छ । यदि बाइडेन मानवताको सोचमा अघिबढेका हुन भने अमेरीकामै छिटै अप्रिय घट्ना नघट्ला भन्न पनि सकिदैन । जोनअफ केनेडी र मार्टिन लुथर किंगको बिगत सम्झन पनि सकिन्छ । आशा र कामना गर्दछु यस्तो घट्ना नघटोस तर भियतनामको इतिहास सम्झदा, अप्रिय घट्ना नहोला भन्न सकिदैन । त्यसैले आज अमेरीका लखेट्ने है नविश्वका शान्ति प्रेमी जनता समेट्ने समय हो यो ।

तलिवानको सत्ता कब्जालाई चिन र रसियाले साथ दिएका छन र अमेरीका रक्षात्मक जस्तो देखिएको छ । रसियाको रणनीति बुझ्न नसकिएपनि चिनको रणनीति भनेको आतङ्कबाद अन्त्य गर्ने र समृद्धि स्थापना गर्ने नै बुझिन्छ । आज चिन एकछत्र आर्थिक र सैनिक बलमा पनि सम्पन्न देश २०२५ सम्म अमेरीका उछिन्ने योजनामा छ । तर पनि परीस्थिती एकछत्र शक्तिशाली अमेरीका कमजोर हुदा शक्ति सन्तुलन बिग्रन पुग्छ ।

तस्बिरमा तालिवानी नेताहरु

शक्ति सन्तुलनमा सुधार भए त संसार भर शान्ति हुन सक्छ भने तर शक्ति असन्तुलन हुदा मनमुटाब बढ्दै जाँदा असान्ति पनि संगै बढ्दै जान्छ । एउटा कुरा जान्न जरूरी छ हिजोको ग्रेटब्रिटेन र आजको अमेरीका यिनीहरू सहिरूपमा लडाकु देश भन्दापनि अवसर कुरेर ब्यापारको फाइदा हेर्ने ब्यापारी देश हुन भने हिजोका जर्मन, रसिया अस्तित्वको लागि लड्ने लडाकु देश हुन ।

आजको चिन सबैदेशको मध्यमार्ग रणनीति अपनाएको छ र हिजो युद्दग्रस्तका कारण समृद्ध नभएका देशमा समृद्धिको मार्ग कोरेकोमा शंका गर्न नपरेपनि बिश्वशान्तिका लागि बुद्ध दर्शन फलो गरेको छ या छैन त्यो भने हेर्न बाकिनै छ । यस अर्थमा पनि देश भन्दा पनि सचेत नागरीकले बिश्वशान्तिको लागि पहल गर्न पर्छ । पुर्व पश्चिम,उत्तर,दक्षीण जस्तो भेगको आधारमा विश्व शक्ति बिग्रन हुदैन । सार्कराष्ट्रको अध्यक्षको नाताले नेपालले पनि विश्वशान्तिको लागि पहल गर्नुपर्छ । यो घर-लडाईमा अल्मलिने समय हैन ।

बिश्वयुद्ध पहिलो र दोश्रोहुनुको कारण आर्थीक मन्दिनै थियो । आज चिन र रसिया बाहेकका देशमा चरम आर्थिक मन्दिहुने सम्भावमा कोभिड १९ले संकेत गरेको छ । यो कुनै चानचुने स्थिती हैन । हिजो यस्ता युद्ध युरोप वरीपरी हुन्थ्यो तर आज हाम्रो नजिकै सार्कराष्ट्र नै टार्गेटमा परेको छ । यो स्थितीमा चिन, भारत, नेपालको सम्बन्ध समधुर हुन जरूरी छ । आशा पनि छ रसिया र भारतको कुटनीतिक सम्वन्ध राम्रो छ । आफ्नो स्वार्थकालागि गरीव देशमा आतङ्क फैलाएर सुरक्षा दिने नाममा लुटेर बसेका देशले सोच बदल्न जरुरि छ । तापनि अफगानिस्तानमा युद्धबिराम हुदै उनै देशहरू अमेरीका, रशिया, युरोपले धेरै लगानी गरेको थियो । तर त्यो लगानी अफगानीस्तानले सहि सदुपयोग नगरी शासक आफै भ्रस्टचारमा व्यस्त हुदा आज पनि दयनिय अवस्थामै छ । र आज आफैलाई रास्ट्रवादी दाबी गर्दै देश तालिवानले आफ्नो नियन्त्रणमा लिएको छ । अफगानीस्थानमा शान्ति कायम रहोस कामना गर्दछु ।

अफगानको चिन्ता भन्दा पनि नेपालकै स्थिती आज तरल अबस्थामा छ । भूपरिवेष्टित देश नेपालमा पनि आज ‘भाइ-भाइ फुटे गँवार लुटे’ जस्तै भएको छ । नाजायज राजनीतिक दाउपेच गर्दा शक्तिशाली पार्टी फुटाउने, जनमत नभएको सरकारले सरकार चलाउने, सरकार चलाउनेहरू नै चरम उग्रपन्थ र चरम दक्षिणपन्थ हुनु । साथै नागरीक समाज बाडिएको स्थिती छ । अभियन्ताहरू ठोस अभीयान बिना मात्रै बिरोध गर्न सडकमा उत्रिएको देखिन्छ, पुर्वराजा, हिन्दु धर्म पहिचानको आवाज एकिकृत हुदै धर्म निरपेक्ष ठिक हो या हिन्दुराज्य नै ठिक हो । चिन्ताको बिषय भनेको उपयुक्त बहस नगरी नेपाललाई चाहिने कुरा केहो विश्लेषणनै नगरी तरल स्थितीमा उचालिएको एजेन्डा मात्र त हैन जस्तो लाग्छ ।

नेपालमा राजनीतिक तरलता र तालिबानको आगमन सगै चिन र अमेरीकासंगको अनावास्यक हो-हल्लाले नेपालको हिजोदेखि गर्दैआएको सन्तुलन रहनुपर्ने स्थितीमा नेपालमा भएको अप्राकृतिक सरकार परीवर्तन परमादेशको माध्यमबाट र भोलि हुन सक्ने परीस्थितीको जिम्मेवार हिजोको अदालतको निर्णय हुन नपरोस । हुनत तालिवानले अफगानिस्तानमा जति ज्यादति गरेको छ त्यो भन्दा हल्ला बढी नेपालमा भएको छ । नेपाल सरकारको जिम्मा आज अफगानिस्तानमा रोजगारको लागि कमाउन गएका आफ्ना नागरीकको सुरक्षाको लागि सिघ्र रूपमा काम गर्नुपर्छ र आफ्नै देश भित्रपनि राजनीतिक मेलमिलाप गर्न जरूरी छ । शक्तिशाली पार्टी फुटाउने रणनीति त्याग्नुनै नेपालको हितमा छ हैन भने इतिहासले यसको राम्रो संग हिसाबकिताब राख्नेछ , भविष्यले जबाफ माग्ने छ । आतंकवाद सबै देश र जनताको लागि अभिसाप हो । हाम्रो शान्तभूमिमा आतङ्कबादको भुत पस्न पनि दिनु हुदैन ।

लेखक दिपेन्द्र अधिकारी समसामयिक बिषयमा कलम चलाउनु हुन्छ ।

बजेटको प्राथमिकतामा : स्वास्थ्य र समृद्धि

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button