राजनीति

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रकवि घिमिरेप्रति श्रद्धाञ्जली

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि माधवप्रसाद घिमिरे निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । मंगलबार साँझ ट्वीट गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रकवि घिमिरेको अवसानबाट नेपालले साहित्य र वाङमयका एक विशिष्ट साधक गुमाएको बताउँदै श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले भन्नुभएको छ । साहित्य मार्फत उहॉले मुलुकलाई लगाउनु भएको गुण नेपाली जनताले कहिल्यै भुल्ने छैनन् ।

शोकको यस क्षणमा म उहाँप्रति उच्च सम्मान र श्रद्धाञ्जलि व्यक्त गर्दछु । साथै शोक सन्तप्त परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।

यसै गरी पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई र पूर्वमन्त्री गोकुल बाँस्कोटाले ट्वीट गरेर समवेदना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.