जन सरोकार

राष्ट्रिय झण्डा जलाएको अभियोगमा छजना पक्राउ

प्रहरीले केही दिनअघि मंगोल हव अफिसियल युट्यूब च्यानल मार्फत सार्वजनिक भएको एउटा गीतमा राष्ट्रिय झन्डा जलाएको र कुनै जात विशेषलाई गाली गलौज गरेको अभियोगमा छजनालाई पक्राउ गरेको छ ।

राष्ट्रिय झण्डा जलाएको भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक गरिएपछि यसको व्यापक बिरोध भैरहेका बेला नेपाल प्रहरीबाट ट्वीटमार्फत छ जनालाई पक्राउ गरिएको र दोषीमाथि कारवाही गरिने बताएको हो ।

यसअघि विश्व हिन्दु युवा संघले प्रेस विज्ञप्ति जारी गर्दै उक्त गतिविधिमा संलग्न सबैलाई नेपालको प्रचलित कानुन बमोजिम कार्वाहीको दायरामा ल्याउन माग माग गरेको छ । संघका अध्यक्ष ऋषिकेश जंग शाहले बुधबार विज्ञप्तिमार्फत कारबाहीका लागि पुनः माग गर्नुभएको हो ।

विज्ञप्तिमा अहिलेसम्म नेपालमा जातीय बिषयमा कुनै पनि खालको हिंसात्मक द्वन्द नभएको र पछिल्लो समय मंगोल हब अफिसियलको च्यानलबाट सार्वजनिक भएको गीतले नेपालमा जातीय द्वन्द्व निम्त्याउन सक्ने भन्दै त्यस्ता गतिविधिलाई नियन्त्रण गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।

राष्ट्रिय झन्डालाई जलाउने जस्तो देश द्रोहही कार्यमा लाग्नेलाई कार्वाही नगर्ने हो भने भोलि हाम्रो राष्ट्रियता कम्जोर हुने पनि शाहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडिओ बनाउने क्यामेराम्यानलाई काठमाडौंबाट पक्राउ गरेको छ  । यद्यपी उनको परिचय भने खुलाइएको छैन । यस भिडिओका गायक गेल्जङ दोर्जे तामाङलाई प्रहरीले खोजी गरिरहेको छ ।

सोमबार एक युट्युव च्यानल मार्फत “देशद्रोही” नामको म्युजिक भिडिओ सार्वजनिक भएको थियो । त्यस भिडिओको ४० औं सेकेन्डमा गायक तामाङले झण्डा जलाएको भिडियो छ ।

झण्डा जलाएको भिडिओको चौतर्फी विरोध भएपछि महानगरीय अपराध महशाखाको टोलीले अनुसन्धान थालेको हो । उक्त म्युजिक भिडिओ मकवानपुरको बागमति गाउँपालिका- ३स्थित सल्लेनीको विष्णु आधारभूत विदयालयमा खिचिएको देखिन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.