जन सरोकार

लिदी पहिरोमा परी मृत्यु हुनेको संख्या २८ पुग्यो, ११ जना अझै वेपत्ता

गत शुक्रबार बिहान सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीको पहिरामा परी मृत्यु हुनेको संख्या २८ पुगेको छ भने अझै ११ जना वेपत्ता छनु । बिहिबार खोजीका क्रममा बेपत्ता भएकामध्ये थप तीनको शव भेटिएपछि मृतकको संख्या २८ पुगेको हो ।

सो पहिरामा परेर ३९ जना बेपत्ता भएका थिए । यसअघि २५ जनाको शव भेटिएको थियो । बिहिबार एक बालक र दुई महिलाको आज शव फेला परेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिनुभयो ।

पाँच वर्षीय सानुकान्छा दोङ तथा ४२ वर्षीया जिबिरानी दोङ र १८वर्षीया ललिता दोङको शव फेला परेको हो । यससँगै पहिरामा ज्यान गुमाउने २८ जना पुगेका छन् ।

हालसम्म शव फेला परेकामध्ये १५ पुरूष र १३ महिला छन् । तीमध्ये १४ बालबालिमा मात्रै छन् । पहिरामा हराइरहेकाहरूको खोजीमा नेपाली सेना र नेपाल प्रहरीका ६६ जना र स्थानीयवासी जुटेका छन् ।

एक्साभेटर ल्याउन सकिने अवस्था नरहेकाले पिक, साबेल र कोदालाका भरमा खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.