अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० शृङ्खलाअन्तर्गत समूह चरणको अन्तिमम खेलमा नेपालले पाकिस्तान ‘ए’सग प्रतिस्पर्धा गरिरहेको छ ।
टस हारेर बलिङ गरिरहेको नेपालले उत्कृष्ट सुरुवात गर्दै दोसो ओभरमै दुई विकेट लिएर पाकिस्तानलाई दवावमा राखेको छ । यो समाचार प्रकाशन गर्दासम्म पाकिस्तानले १२ आभरको खेल चलिरहँदा ७ विकेट गुमाएर ७४ रन बनाएको छ ।
पहिलो ओभरमा नन्दन यादवले किफायती बलिङ गरी जम्मा एक रन दिए भने दोस्रो ओभरमा आएका दीपेन्द्रसिंह ऐरीले दुई रन दिएर दुई विकेट लिए । त्यस्तै कुशल भुर्तेलले १ विकेट लिएका छन् ।
किफायती बलिङ गरेको नेपालले पाकिस्तानी ब्याट्सम्यानहरुलाई खुलेर खेल्न दिएका छैनन् । लगातार विकेट लिने क्रममा सोमपाल कामीले २ विकेट भने नन्दनले २ विकेट लिए ।
शृङ्खला सहभागी ११ टोलीमध्ये अङ्क तालिकाको सातौँ स्थानमा रहेको नेपालले सेमिफाइनल प्रवेशका लागि आजको खेल जित्नैपर्ने दबाब छ ।





प्रतिक्रिया राख्नुहोस्