विश्व समाचार

करवृद्धिसंगै एक्लिंदो अमेरिका, नजिकिंदै बाँकी विश्व

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापान, चीन, भारत जस्ता मुलुकबाट आयात हुने सामानमाा व्यापक करवृद्धि गरेपछि यी मुलुकहरु नजिकिंदै आर्थिक सहयात्रा बढाउन अग्रसर भएका छन् ।

अमेरिकाले जापान र भारतलाई अत्यधिक कर लगाएपछि यी दुई मुलुकबीच व्यापारिक र सामसिक सम्बन्ध अरु मजबुत बनेको छ । यी दुई देशबीचको द्विपक्षीय व्यापार हाल वार्षिक २० अर्ब डलरभन्दा बढीको छ ।

यसै क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जापान भ्रमणका क्रममा जापानले भारतमा ६८ अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।

जापानका प्रधानमन्त्री शिगेरु इशिबाले भन्नुभयो, “भारतको विशाल बजार यति धेरै सम्भावनाले भरिएको छ कि यसको जीवन्ततालाई समावेश गर्दा जापानको अर्थतन्त्रको वृद्धिलाई अगाडि बढाउन मद्दत पुग्नेछ ।

चीन भ्रमणअघि प्रधानमन्त्री मोदीको दुई दिने भ्रमणका क्रममा बोल्दै इशिबाले जापानले भारतमा लगानी बढाएर १० ट्रिलियन येन (६८ अर्ब अमेरिकी डलर) पुर्‍याउने र सेमीकन्डक्टर र एआईमा केन्द्रित सहकार्य पहल गर्ने बताउनुभयो।

जापानको ‘सेल्फ डिफेन्स फोर्सेज’ र भारतीय सशस्त्र बलबीच सैन्य अभ्यास विस्तार गर्न दुवै पक्ष सहमत भएका छन् । जापानी प्रधानमन्त्री इशिबाले पत्रकारहरूसँग भन्नुभयो, “अन्तर्राष्ट्रिय परिस्थिति झन्झन् अनिश्चित हुँदै जाँदा जापान र भारतले यस क्षेत्रको शान्ति र स्थिरताका लागि हातेमालो गर्नैपर्छ।”

प्रधानमन्त्री मोदीले भन्नुभयो, “भारत र जापान स्वतन्त्र, खुला, शान्तिपूर्ण, समृद्ध र नियममा आधारित इन्डो–प्यासिफिकका लागि पूर्ण प्रतिबद्ध छन् ।”

यसअघि मोदीले टोकियोमा आयोजित एक व्यापारिक मञ्चमा भारत र जापानले ‘एसियाली शताब्दीलाई आकार दिने’ र भारत ‘ग्लोबल साउथमा जापानी व्यवसायका लागि स्प्रिङबोर्ड’ भएको बताउनुभएको थियो।

अमेरिकी कर वृद्धिपछि विश्वका शक्तिशाली राष्ट्रहरुको गठजोड बलियो बन्दै गएको छ । चीन, रुस, भारत जस्ता देशहरु एकठाउँमा उभिन पुगेका छन् । शांघाई सहयोग सङ्गठन (एससिओ)को शिखर सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सहभागिता यसैको संकेत हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नौ वर्षपछि चीन भ्रमणमा निस्कनुभएको छ । विश्वमा नयाँ आर्थिक शक्तिका रुपमा उदाउँदै अधिक राष्ट्रहरुको सहभागिता रहेको एससिओ सम्मेलन र यसले गर्ने निर्णयप्रति सर्वाधिक चासो रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.