राजनीति

मुखर्जीको निधनमा राष्ट्रपति र प्रधानमन्त्रीको शोक सन्देश : नेपालले असल मित्र गुमायो

??????

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको आज भएको निधनबाट आफू मर्माहत भएको बताउनुभएको छ ।

उहाँले सोमबार साँझ ट्विट गर्दै नेपाली जनता, नेपाल सरकार तथा आफ्नो व्यक्तिगततर्फबाट भारतीय जनता, भारत सरकार र शोकाकूल परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ । “उहाँको निधनबाट नेपालले एक असल मित्र गुमाएको छ”, ट्विटमा उल्लेख छ ।

त्यसै गरी प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधनले आफू अन्यन्तै दुखित भएको बताउनुभएको छ । उहाँले साँझ ट्विट गर्दै दुःखको यस घडीमा भारत सरकार, भारतीय जनता र शोकसंतप्त परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

पूर्वराष्ट्रपति मुखर्जीको निधनबाट नेपालले एक महान् मित्र गुमाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मुखर्जीले विभिन्न ओहदामा रहेर नेपाल –भारत सम्बन्ध सुदृढ गर्न पुर्याएको योगदानको स्मरण पनि गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.