आफ्नै साथी हत्याको अभियोगमा साउदीमा एक नेपालीलाई मृत्युदण्ड
दुई वर्षअघि आफ्नै दुई नेपाली साथीको हत्या गरेको अभियोगमा एक नेपालीलाई साउदी अरबको तीनै तहका अदालतले दोषी ठहर गरी मृत्युदण्ड दिएको छ ।
अदालतको फैसलालाई दमाम जेल प्रशासनले कार्यान्वयन गर्दै गत जेठ १९ गते सोमबार बिहान ७ः५९ बजे मृत्युदण्ड दिएको थियो । साउदीस्थितत नेपाली दूताबासलाई यो कुराको जानकारी हालै मात्र दिइएको समाचारमा जनाइएको छ ।
कान्तिपुर दैनिकका अनुसार मृत्युदण्ड दिइएका कास्कीका ४५ वर्षीय पुष्पराज रानाभाटले एउटै कोठामा बस्दै आएका ५० वर्षीय भाग्यनारायण राय र ४४ वर्षीय सरोजकुमार झाको २०८० असोज २ गते हत्या गरेका थिए।
राय र झा दुवै महोत्तरीका हुन्। यही मुद्दामा तल्लो तहको मृत्युदण्ड दिने फैसलालाई उच्च र सर्वोच्च अदालतले सदर गरेका थिए ।
साउदीका लागी नेपाली राजदुत नरेश विक्रम ढकालले मृत्युदण्डको सजाय कार्यन्वयन भइसकेपछि मात्रै दुतावासले यसबारे औपचारिक जानकारी पाएको बताउनुभयो । साउदी कानूनमा मृत्युदण्ड पाएकाहरुको शव परिवारलाई दिने व्यवस्था छैन् ।




प्रतिक्रिया राख्नुहोस्