जल/वातावरण

त्रिवि शिक्षण अस्पतालमा दुईसहित वीरगञ्ज र चितवनमा गरी चारजना संक्रमितको निधन

टिचिंग अस्पताल

टिचिंग अस्पताल

कोरोना संक्रमणले गाँज्दै लगेको राजधानी काठमाडौंमा दुईजना संक्रमितको मृत्यु भएको छ । मंगलबार राति कोरोना संक्रमणका कारण त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दुई जनाको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. सन्त दासले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा बीस वर्षीया एक महिला र ७५ वर्षीय जना पुरुष रहेका छन् । ७५ वर्षीय पुरुषमा मधुमेह रोग र २० वर्षीया महिलामा मिर्गौलाको समस्या भएको डा. दासले जानकारी दिनुभयो । पुरुष मङ्गलबार अस्पतालमा भर्ना हुनुभएको थियो भने महिला सोमबार भर्ना भएको उहाँले जानकारी दिनुभयो ।

यसै गरी कपिलवस्तुकी एक कोरोना संक्रमित महिलाको कोरोना विषेश अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका वडा नंं। ११ की ६० वर्षीया महिलाको उपचारका क्रममा बुधबार ९आज० बिहान मृत्यु भएको हो ।

कोरोना पोजेटिभ देखिएपछि भदौ ७ गते अस्पताल भर्ना भएकी उनको सोही दिनदेखि आइसियूमा राखेर उपचार भइरहेकोमा बुधबार बिहान ९ः१५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो ।

संक्रमित महिलामा उच्च रक्तचापलगायत दीर्घ रोग रहेको र संक्रमणपछि ज्वरो आउनुका साथै श्वासप्रश्वासमा पनि समस्या थियो ।

यसै गरी वीरगञ्जमा बुधबार विहान थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बाराको सम्रौनगढ नगरपालिका–९ बसबरियाटोल बस्ने ९७ वर्षीय वृद्धको मृत्यु भएको हो । मुटु रोगी र दमको समस्या रहेका उनमा उच्च रक्तचापको समेत समस्या थियो ।

उपचारको क्रममा ती वृद्धको बिहान १ बजे मृत्यु भएको नारायणी अस्थायी कोभिड अस्पताल गण्डकका संयोजक डाक्टर उदय नारायण सिंहले बताउनुभयो । भदौ १२ गते स्वाब संकलन गरेको दुई दिनपछि पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । त्यसलगत्तै भदौ १४ गते अस्थायी कोभिड अस्पताल गण्डकमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.