राजनीति

निषेधाज्ञा के गर्ने, कस्तो गर्ने ? गृह मन्त्रालयको निर्देशन कुर्दै उपत्यकाका प्रजिअहरु

भदौ ३ गतेबाट जारी निषेधाज्ञाको अवधि सकिन आधा दिन बाँकी रहँदा काठमाडौ उपत्यकाका तीन जिल्ला काठमाडौैं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरु निषेधाज्ञा के गर्ने, कस्तो गर्ने भन्ने अलमलमा छन् र उनीहरु गृह मन्त्रालयको आदेश कुरिरहेका छन् ।

दोस्रोपटक थप गरिएको निषेधाज्ञा आज (बुधबार) राती १२ बजेबाट सकिदै छ । यस्तोमा अबको निषेधाज्ञा कस्तो हुने बारे तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक साँझ बस्दैछ । साँझ बैठक बस्नु पूर्व सुरक्षा निकायसँग छलफल र परामर्श जिल्ला प्रशासन कार्यालयले लिन सुरु गरिसकेको छ ।

तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले गृह मन्त्रालयको निर्देशन समेत कुरेर बसेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो । उहाँले निषेधाज्ञाको बारेमा गृहमन्त्रालयबाट निर्देशन आएसँगै सोही आधारमा अब के गर्ने भन्ने बारेमा थप निर्णय लिने जानकारी दिनुभयो ।

उता गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जिल्ला प्रशासन कार्यालयहरुले निर्णय गरेर मन्त्रालयमा जानकारी गराउने बताउनुभयो । उहाँले आवश्यकताको आधारमा सुझाव दिन सकिने भए पनि निषेधाज्ञा गर्ने अधिकार उहाँहरुसँग भएकाले उहाँहरुले बुधबार निर्णय गर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.