राजनीति
कन्टेन क्रियटको नाममा राजनीति धेरै भयो (भिडियो सहित)
सरकारका प्रवक्ता तथा सूचना तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले करिब दुई दर्जन सामाजिक सञ्जालले नेपालको संविधान र कानुन मान्दिन भनेकाले बन्द गर्नुपरेको बताउनुभयो ।
बिहिबार सामाजिक सञ्जाल बन्द गर्न दूरसंचार प्राधिकरणलाई निर्देशन दिएपछि पत्रकारहरुसंग बोल्दै मन्त्री गुरुङले ती सञ्जालहरुलाई धेरैपटक मौका दिएको तर, नटेरेकाले बन्द गर्न लागेको स्पष्ट गर्नुभयो ।
सरकारले सर्वोच्च अदालतको आदेश अनुसार सामाजिक सञ्जाललाई नियमन गरी विधिवत नेपालको कानुनमा आबद्ध गर्न निर्देशन दिंदै त्यसो नगर्ने सञ्जाल बन्द गर्न निर्देशन दिए अनसार सरकार अघि बढेको मन्त्री गुरुङले बताउनुभयो ।
मन्त्री गुरुङले सामाजिक सञ्जालमा राजनीति भएको र सरकारलाई अप्ठ्यारो पार्ने काम भैरहेको भन्दै जहिलेसम्म दर्ता हुन आउँदैन तबसम्म बन्द गर्ने र दर्ता भएलगत्तै खोल्ने पनि बताउनुभयो ।




प्रतिक्रिया राख्नुहोस्