राजनीति

सरकारले आलोचनाबाट बच्न मुख थुन्न थाल्यो

सरकारले नेपालमा दर्ता नभएको भनेर फेसबुक लगायत सामाजिक सञ्जाल बन्द गर्न थालेपछि यसको चौतर्फी बिरोध भैरहेको छ । बिरोधमा सत्तारुढ दल र प्रधानमन्त्रीकै दलका नेताहरु पनि छन् ।

यसै क्रममा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले आलोचनाबाट बच्न अदालतको आदेशको बहानामा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।

बिहीबार आफ्नो आधिकारिक फेसबुक पेजमा एक स्टाटस लेख्दै डा. कोइरालाले सरकारको उक्त निर्णयलाई ‘घोर आपत्तिजनक’ भन्दै निर्णय तुरुन्त सच्याउन माग गर्नुभएको छ ।

डा. कोइरालाले सरकार आफ्नो काममा असफल भएपछि जनताको आवाज दबाउनतर्फ लागेको टिप्पणी गर्दै भन्नुभएको छ, ‘जनचाहना र आफ्नै प्रतिबद्धता अनुरुप काम गर्न नसकेपछि आलोचना खेप्न बाध्य भएको सरकारले अदालतको आदेशको बहानामा सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक छ ।’

डा. कोइरालाले सरकारको विवेकमाथि नै प्रश्न उठाउँदै यस निर्णयले हजारौँ नेपालीको रोजीरोटी खोसिने भन्दै यस्तो कदमबाट नागरिकहरूमा पर्ने असरबारे सोच्न नसकेको टिप्पणी गर्नुभएको छ ।

प्रतिबन्धको सट्टा नियमनको बाटो अपनाउन सरकारलाई आग्रह गर्दै डा. कोइरालाले लेख्नुभएको छ, ‘यस्तो कदम तुरुन्त सच्याउन र सामाजिक सञ्जाललाई मर्यादित गर्ने गरी नियमन गर्न म आग्रह गर्न चाहन्छु ।’

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.