जन सरोकारबिशेष

वेत्रावतीबाट एघार दिनपछि एक महिलाको सकुशल उद्धार

भदौ १० गते भोटेकोशी हुँदै त्रिशुली नदीमा गएको बाढीमा फस्नुभएका वेत्रावतीमा एक महिलाको ११ दिनमा सकुशल उद्धार गरिएको छ । हिलोमा गाडिएको अवस्थामा रहनुभएकी उहाँलाई थप उपचारको लागि काठमाडौँ पठाइएको छ ।

सशस्त्र प्रहरी बल १९ नं गुल्मबाट बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी निरीक्षक सुमन विकको नेतृत्वमा खटिएको टोलीले विदुर नगरपालिका–१० वेत्रवातीबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई घरको चौथो तलाबाट उद्धार गरेको हो ।

गुल्मका प्रमुख, सशस्त्र प्रहरी नायव उपरीक्षक वीरेन्द्र राउतका अनुसार बाढीबाट प्रभावित वस्तीका घरमा रहेका सामग्री हटाई सहयोग गर्न पुगेको उद्धार टोलीले घरबाट महिलाको आवाज सुनेपछि त्यसलगत्तै उहाँको उद्धार गरिएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.