कला/मनोरन्जनकलिउड

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर प्रदर्शन

प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौँस्थित भारतीय दूतावासमा प्रदर्शन भएको छ ।

चलचित्रको कथासँग प्रत्यक्ष जोडिएको ‘पेन्सन पट्टा’ लाई भारतीय भूतपूर्व सैनिक तथा उनीहरूका परिवारलाई पेन्सन वितरण दूतावासको मिलिटरी पेन्सन शाखाले विशेष चासोका साथ हेरेको जनाइएको छ ।

‘पेन्सन पट्टा’ को ट्रेलर हेरेपछि यसको विषयवस्तुप्रति चासो व्यक्त गर्दै दूतावासको सो शाखाले चलचित्र निर्माण टोलीलाई भेटघाटका लागि निम्तो दिएकामा रसुवागढीको विनाशकारी बाढीका कारण निर्माण पक्षले चलचित्रसम्बन्धी भेटघाट तथा प्रचारप्रसारलाई केही ढिलागरी भएको हो ।

चलचित्रका निर्देशक तथा अभिनेता माओत्से गुरुङले भेटका क्रममा भारतीय दूतावासका कर्मचारीले देखाएको आत्मीयताको प्रशंसा गर्नुभयो । दूतावासका मेजर राहुल झाका अनुसार नेपालमा भारतीय सेना तथा असैनिक (सिभिल) सेवाका गरी एक लाख १९ हजार ५०४ जना पेन्सनभोगी छन् ।

भारत सरकारले नेपालमा रहेका पेन्सनभोगीलाई वार्षिक करिब सात हजार एक सय करोड नेपाली रूपैयाँ पेन्सनबापत पठाउने गरेको छ । सो चलचित्र यही भदौ २६ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.