क्रिकेटखेल

नेपाल एसिसी इमर्जिङ टिम्स एसिया कपमा छनोट

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली एसिसी इमर्जिङ टिम्स एसिया कपमा छनोट भएको छ । बिहीबार एसिसी प्रिमियर कपको फाइनलमा स्थान बनाएसँगै नेपालले इमर्जिङ टिम्स एसिया कपमा पनि स्थान सुरक्षित गरेको हो ।

एसियन क्रिकेट काउन्सिल (एसिसी) को प्रावधानअनुसार प्रिमियर कपको फाइनल पुग्ने दुई टोली र तेस्रो हुने टोलीले इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाउँछन् । नेपाल दोस्रो पटक यस प्रतियोगितामा छनोट भएको हो ।

नेपाल आसन्न संस्करणको सिनियर एसिया कपमा भने छनोट हुन बाँकी छ । यदि त्यो प्रतियोगितामा स्थान पक्का गर्ने हो भने शनिबार हुने एसिसी प्रिमियर कपको फाइनलमा युएईलाई हराउनुपर्नेछ ।

नेपाल र युएईले बिहीबार भएको सेमिफाइनलमा जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेका हुन् । सेमिफाइनलमा नेपालले ओमानलाई ८७ रन तथा युएईले हङकङलाई सात विकेटले हरायो । नेपाल दोस्रो तथा युएई तेस्रो पटक प्रिमियर कपको फाइनल खेल्ने तयारीमा छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.