मुख्यमन्त्री त बने, कर्णालीले कामचाहिँ कहिले देख्ने ?
बिचरा कर्नालीका मुख्यमन्त्री, माओवादिका नेता ! उनी मुख्यमन्त्रीयाँ नियुक्त भा नि डेढ मैनाजति त काटिसक्यो कि क्या ? तर मुख्यमन्त्री भएछि अब म यो यो गर्नेछु भनेर जनताका अगाडि प्रण गर्ने कुरा त परै जाओस दैनिक रुपाँ मुख्यमन्त्रीले गर्ने काम गर्या जस्तो संकेत र चर्चा नि कतै सुनिन्न त हँ !
बिचरालाई जबरजस्ती मुख्यमन्त्रीको भारी किन बोका हुन के माओवादिले कुरै बुझिएन यार १ चुनाव जित्याजति सबै मन्त्री भएर सक्कियर यिनलाई मात्रै मन्त्री बन्नाट किन बन्चित गर्नेत नि भनेर त होला यो भूतले खाजा खाने बेलाँ मङ्गल शाहीलाई मुख्यमन्त्री बना !
खास भन्ने हो भने माओवादीयाँ मुख्यमन्त्री बनाउने मान्छ्यै नभा त हैनन् होला नि १ तर तिनरलाई नगराएर संसदीय दलको नेता भाकै कारण माओवादीले जसरी मंगल शाहीलाई मुख्यमन्त्री बनायो र ऐले उनी मुख्यमन्त्री भएछि उनको जुन शून्य गतिविधि देखियो त्यल्ले माओवादी पाटीलाई मात्रै पतुर बना हैन कि प्रदेशकै विकास निर्माण र जनताको लथालिङ्ग हुने भो हैन र ?
भन्न त नहुने हो भने पिर मान्छन तर पुराना दल सबैको एकपछि अर्को गरेर जुन मतिभ्रष्ट भाछ त्यल्ले यिनरलाई डाँडै कटाएर फाल्ने जस्तो पो देखिन्छ त १ त्यसै त कर्नालीको सरकार एक आर्थिक वर्षाँ ४० प्रतिशत मुस्किलले बजेट खर्च गर्छ त्यसाँ नि अँझ भएन भनेर यो वर्ष त झन दुई मैना वितिसक्दा नि विकास निर्माणका कुरा कतै सुनिन्न ।
हाम्रा मुख्खैमा चाडबाड आउने बेला भैसके करिब तीन मैना त यिनै चाडका नाममा केई पनि काम हुन्न त्यसपछि बाँकी रहन्छ अरु ४ मैना अनि टेण्डर कैले, काम कैले ? त्यसै त बजेट कम पाउने प्रदेश अझ भएन भन्यो दुर्गम, अनि बजेटमानि ४० प्रतिशत नि खर्च गर्न नसक्ने जनशक्ति यस्तो अबस्थाँ कर्नालीको विकासको कल्पना गर्नु आफुले आँफैलाई धोका दिनु हो ।
अँझ यो वर्ष त स्थानीय चुनाव नि हुने होला । चैत बैशाखतिर चुनाव गर्ने भए भने अबको बढीमा ४ मैना काम गर्न पाउँछन् क्यारे अनि त्यो ४ मैनाँ कस्तो विकास गर्लान् र जनतालाई खुशी पारेर चुनाबाँ भोट ल्याउलान १ हुन त मुख्यमन्त्री भा दुई मैनासम्म आफ्ना पिए वा सल्लाहकार सचिवालय समेत गठन गर्न नसक्ने मुख्यमन्त्रीबाट जनता र विकासका लागि केही होला भन्ने अपेक्षा नगरौँ ।
प्रदेश सभा नै चल्न नदेर प्रदेशको विजोग भैरा बेलाँ सभा सन्चालन गराउने भूमिका खेल्न नसक्ने र आफ्नै पाटीकालाई नि तह लाउन नसक्ने मुख्यमन्त्री के गर्न सक्लान, के गर्न सक्दैनन् भन्ने कुरा त माओवादीका सबै कार्यकर्ताले थापाकै होलान त्यसैले यो विषयमा धेरै खोजिनिति गरिरहनु पर्ने नि खासै देखिन्न ।
खास गरी कमरेड प्रचण्डले आफ्नो हनुमानलाई मुख्यमन्त्री बनाउने अवसर प्राप्त भा बेला बनाई दिहालम् भनेर बनाईद्या हुन । नत्र उनीबाट केही काम होला भन्ने कल्पनासम्म नि नगरे हुन्छ । त्यसैले मनओवादी साथिहरु सरकार आफ्नै छ कतै बाटो त कतै स्कुल अनि कतै अस्पताल बनाम्ला भनेर सोच्नु भाछ भने यो पटकका लागि नसोचम् ।
त्यसै त गत वर्ष अर्कै पाटीको अर्थमन्त्री हुँदा त तत्कालीन मुख्यमन्त्रीले आँफ्फैले बजेट फाइनल गरेर बजेट भाषण गर्न लगाथे भने यो पटक त झन एमालेकै अर्थमन्त्री भएछि बजेटमा कसैले केई आफ्ना लागि नि भइजान्छ कि जनताले वा छिमेकीले भन्या काम गर्न बजेट हाल्न पाभा भन्ने कल्पना गर्नुभाछ भने त्यो नगरे नि हुन्छ ।
तपाईँका गठबन्धनकारी एमालेहरु माओवादीहरको चाहना सेक्न तम्तयार भएर बस्या छन् । प्रदेश, प्रदेश सरकार, स्थानीय सरकार भनेर माओवादीका फड्फडाउने दिन गए । अब त प्रदेश र स्थानीय सरकार चाहिन्न भन्नेहरका दिन आए । यी ऐल्या शासकले भन्याझैँ प्रदेश र स्थानीय सरकार नरहनेनै भएछ या भएर नि उनरकै कब्जाँ रह्यो भने गोडा पन्द्रेक वर्ष अरुले हात खडा गरेर बसे नि हुन्छ ।
त्यसैले मुख्यमन्त्रीज्यू यत्ति हो चान्स जति दिन पदाँ बस्नु हुन्छ माओवादी र ठकुरी रबाबमै बस्नोस । यसपछि तपाईंले चाहेर नि न माओवादीको सरकार आउँछ न ठकुरी रबाफनै देखाउन पाइन्छ । मुख्यमन्त्रीयाट फुत्केछि मान्छे चराउन पक्कै पाइने छैन, जिल्ला फर्किने भेडा चराउने बस्ने हैन त !?





प्रतिक्रिया राख्नुहोस्