बिचार

ग्यास बेच्नेहरू शक्तिशाली, समस्या उठाउने मन्त्री असहाय !

उद्योग मन्त्री गौरी कुमारी यादवले मन्त्री पदबाट राजिनामा दिएकी छिन । विगत १ मैनादेखि देशमा खाना पकाउने एलपी ग्याँसको सर्टेज भएको र उद्योग मन्त्रालयका कर्मचारीतन्त्र तथा ग्याँस विक्रेताहरु र उद्योगीहरुको मिलोमतोमा ग्याँसमा चरम मनपरी भएर सर्वसाधारणले ग्याँसको अभाव झेलेपछि यादवले मन्त्री पदबाट राजीनामा दिएकी हुन् ।

यस अघि विहिबार मात्रै कर्मचारी, माननीयहरु र ग्याँ ब्यापारीवीच छलफल हुँदा नै मन्त्रीले ग्यासको कारोवारमा संलग्न व्यवसायी र काराबारीहरुलाई ूपाता नकसेसम्म ग्याँस पनि सहज हुँदैन र कर्मचारीहरुको असहयोगका कारण आँफुले चाहेरनि कुनैकाम गर्न नसकेको ू गुनासो गरेकि थिइन ।

उनले बारम्बार कर्मचारीकै कारण हिजोको सरकारनि असफल भएको र आजको सरकार नि असफल हुन लागेको संकेत गर्दै कर्मचारीमा व्यापक परिवर्तन र सुधार नगरेसम्म देशका कुनै पनि समस्या समाधान हुन नसक्ने गुनासो गरेकी उद्योग मन्त्रीले गुनासो राखेको भोलिपल्टै एक्कासी राजीनामा आएछि देशमा कर्मचारी र ग्याँस व्यवसायीहरुको गिरोह कति तगडा रहेछ भन्ने प्रष्ट भएकोछ ।

साँच्चीकै उनले अघिल्लो दिन भने जस्तै भोलिपल्ट नै त्यो गिरोहको आडमा नै प्रधानमन्त्रीले उद्योग मन्त्रीलाई राजीनामा दिएर घर जान सुझाएका हुन् भने हिजोको वली वा प्रचण्डको सरकारमा कुनै भिन्नता देखिएन ।

किनभने हिजो कर्मचारी र तिनका दलालहरुले जे भन्थे तत्कालीन सरकारले नि त्यै गर्थ्यो भने ऐले नि त्यै भएको हो भने सर्वसाधारण नागरिकले बालेनको सरकार भनेर नाक फुलाएर नबसे नि हुन्छ ।

देशमा ४६ सालमा भएको परिवर्तनसितै पुराना कर्मचारीहरुमा व्यापक परिवर्तन गरिनुपर्ने कुरा प्रजातान्त्रिकका लडाइँमा होमिएका जनताले बारम्बार उठाएको कुरा हो । तर राजनीतिक दलहरु आफू सत्तामा गएछि जनताको आवाज कैल्यै सुनेन् ।

जसको कारण भष्टाचारले देश नै चुलियो ! औषधि किन्नेदेखि पानी खुवाउने जहाज चढनेदेखि रेलको बाटो बनाउनेसम्म अर्थात् आकाशदेखि पातालसम्मका हरेक कुरामा भष्टाचारै भष्टाचार मौलायो ।

भष्टाचारको अन्त्यका लागि उठाएका आवाज हरेक पटकको राजनीतिक परिवर्तनसितै बिलाएर गए आज भोलि भन्दाभन्दै करिब ४६ वर्षपछि ८२ भदौ २३र२४ मा भष्टाचारविरुध्दको आन्दोलन सफल भयो । आन्दोलन त सफल भयो तर पनि जस्को अन्त्यको लागि युवाहरुले ज्यानफाले त्यो लक्ष्य अँझै पूरा होला जस्तो देखिएन ।

यद्यपि ऐले देशमा तिनै जेनजीले चाहेको दुई तिहाईको सरकार छ । तर पनि न त कर्मचारी परिवर्तन गर्न सकेको छ नत भष्टाचार कम गर्न । देशमा दैनिक कुनै न कुनै चिजको अभाव छ । बजारमूल्य दैनिक बढेको छ । हिजोभन्दा आज ५० प्रतिसतभन्दा बढी मूल्य बृध्दि भैरहेकोछ । सरकार गर्दैन र सक्दैन केही भन्दैन तर गर्नुपर्ने केही गर्न सक्दैन । तर गर्छु भनेर लिखित ढाढस दिन कैल्यै छोडेको छैन ।

पेट्रोल र डिजेलको हाहाकार सकिन नपाउँदै सामान्य नागरिकलाई नै असर गर्ने ग्याँसको चरम अभवले जनता भोकै सुत्ने अवस्था आएको छ । तर ग्याँसका दलालहरुले जनतालाई ग्याँस दिएर ग्याँस अभावको समाधान खोज्नुको सट्टा मन्त्रीलाई राजीनामा दिन लगाएर सरकारसित गर्धन जोडेको छ ।

नेपालको निजामती प्रशासन यति भष्टाचारी र निर्मम छ कि उसलाई जनतासित हैन कि पैसासित मतलव छ । पैसा भनेछि ३ दिन जेठो यो कर्मचारीलाई तह लाउन सम्भव त यो बालेन सरकार पनि सफल हुने देखिएन । किनभने सरकार बनाउन लाएदेखि नै कर्मचारी प्रशासनसित गुनासो रहेको अभिव्यक्ति दिने दुईतिहाईको प्रधानमन्त्रीलाई कुन अदृष्य शक्तिले रोकेको छ । जनताले समेत भेउ पाउन सकेका छैनन्।

आजदेखि ग्याँसको भाउ आक्कासिने होला । हेरौँ कति आक्कासिने रैछ । रास्वपाहरको सफल सरकार, जनता अभावै अभावमा मर्न तयार ! भन्दै चुपचाप बस्ने त होला ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.