क्रिकेटखेल

नेपाल र वेस्ट इण्डिज सिरिज जेनजी आन्दोलनमा निधन भएकाप्रति समर्पण

नेपाल क्रिकेट संघ (क्यान)ले संयुक्त अरब इमिरेट्सको शारजाहमा हुने नेपाल र वेष्ट इण्डिजबीचको सिरिज जेनजी आन्दोलनमा निधन भएकाप्रति समर्पण गर्दै यो प्रतियोगिताको नाम ‘युनिटी कप’ राखेको छ ।

नेपालले पहिलोपटक आईसीसी पूर्ण सदस्य तथा पूर्व विश्वकप विजेता वेष्ट इण्डिजसंग खेल्न लागेको हो र यसलाई युनिटी कप टी २० अन्तर्राष्ट्रिय सिरिजको नाम दिइएको छ।

सिरिजका खेलहरू आगामी असोज ११, १३ र १४ गते हुँदैछ। यसका लागि रोहितकुमारा पौडेलको कप्तानीमा १६ सदस्यीय नेपाली टोली घोषणा गरिएको छ ।

टोलीमा अलराउन्डर आदिल अन्सारीले झण्डै तीन वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् । अघिल्लो महिना नेपालको ए टोलीमा रहदै भारतको भ्रमणमा रहेका आदिलले राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।

नेपाली टोलीमा नेपाली टोलीमा रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदिल अन्सारी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुलशन झा, सोमपाल कामी, साहब आलम रहेका छन् ।

ओमानमा हुने टी २० विश्वकप छनोटको तयारीका लागि नेपालले दुई पटकको टी २० विश्वकप विजेता वेस्ट इण्डिजसँग सिरिज खेल्न लागेको हो।

वेस्ट इण्डिजसँग सिरिज खेले लगत्तै नेपाली टोली त्यतैबाट विश्वकप छनोट खेल्न ओमान जानेछ। ओमानमा नौ टोलीबीच हुने छनोटमा शीर्ष तीन टोली भएमा नेपाल लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक टी २० विश्वकपमा छनोट हुनेछ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.