अर्थ

बल्खुबाट आलु प्याजको कालोबजारी गर्ने नियन्त्रणमा

केही दिनयता भारतले नेपालमा प्याज आपूर्तिमा रोक लगाएको हल्ला भएसंगै दुई दिनमा प्याजको मूल्य दोब्बर वृद्धि भएको छ । सोमबारसम्म प्रतिकेजी ६५ रूपैयाँमा विक्री भएको प्याज भारतले निर्यात रोकलगाएको हल्लासँगै मगंलबार प्याजको एक्कासि महँगो भएर १४० रूपैयाँसम्म पुगेको छ ।

बजारमा प्याज कालोबजारी हुन थालेपछि बुधबार काठमाडौं महानगरपालिकाको संयुक्त बजार अनुगमन टोलीले बुधबार बल्खुका आलु प्याजका व्यापारी सुनिल केसीलाई प्याजमा कालोबजारी गरेको अभियोगमा नियन्त्रणमा लिएको छ । काठमाडौं महानगरपालिकाको अनुगमन टोलीले व्यापारी केसीलाई बढी मूल्यमा प्याज विक्री गरेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरीसमेत सहभागी रहेको संयुक्त अनुगमन टोलीले व्यापारी केसीको पसलबाट २४० बोरा प्याज लुकाएर राखेको अवस्थामा बरामद गरेर कालीमाटी प्रहरीलाई जिम्मा लगाएको छ । अनुगमनमा सहभागी उपभोक्ता अधिकारकर्मी माधव तिम्लिसिनाले निज व्यापारीले प्याज लुकाएर बढी मूल्य दिनेलाई दुई, तीन बोराका दरले विक्री गर्ने गरेको पनि फेला परेको जानकारी दिनुभयो ।

उहाँले प्याज प्रतिकेजी ४८ रूपियाँमा खरिद गरेर १४० रूपियाँमा विक्री गरेको पनि अनुगमनका क्रममा फेला परेको जानकारी दिनुभयो । महानगरको बजार अनुगमनको नेतृत्व गर्नुभएका हरिबहादुर भण्डारीले निज व्यापारीले प्याजमा कालोबजारी गरेको प्रमाणसहित फेला परेकाले कालोबजारी ऐन अनुसार कारबाही हुने बताउनुभयो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार कालीमाटी बजारमा प्याजको अनुगमन गरी बढी मूल्य लिएका छ जना व्यापारीलाई दुई दिनभित्र खरिद मूल्यको विलसहित विभागमा उपस्थिति हुन निर्देशन दिएको छ । विभागका अनुगमन निर्देशक सागर मिश्रको नेतृत्वमा गएको अनुगमन टोलीले अनुगमनका क्रममा व्यापारीले प्रतिकेजी एक रूपियाँसम्म विक्री भेटेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.