जन सरोकार

ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु

काठमाडौँबाट जडिबुटी हुँदै भक्तपुरतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००१ प ०६१५ नम्बरको ट्याङ्करले शुक्रबार बा ९३ प ७६७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार दोलखाकी ३९ वर्षीया उर्मिला कार्कीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार कोटेश्वरवाट जटिबुटी हुँदै भक्तपुर आउने क्रममा शुक्रबार कार्की सवार मोटरसाइकललाई सोही दिशावाट आइरहेको टयाङ्करले ठक्कर दिँदा मोटसाइकल चालक एवं कार्कीका श्रीमान काभ्रेपलाञ्चोकको तिमाल गाउँपालिका–४ का देवराज कँडेल घाइते भएका थिए ।

ट्याङ्कर चालक र दुबै सवारी साधनलाई प्रहरीले निण्न्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.