बिचार

कुर्सी छुटेपछि क्रान्तिको सम्झना : प्रचण्डको फेरि सडक यात्रा

माओवादीहरुलाई शान्ति सम्झौताद्वारा गिरिजाले जङ्गलबाट संसदमा पुर्याएदेखि नै अब यो देशको सत्ता सँधैभरि माओवादीको वरिपरि घुम्ने सपना देखेका प्रचण्डलाई जेनजी आन्दोलनले सडकमा पुर्याएछि ऐले प्रचण्ड बेलाबेलाँ आन्दोलनको राग बतुराउँदै हिँडन थालेका छन् ।

०६४ देखि नै सत्ताको स्वादले रमरम् बनाएको प्रचण्डको जीवनमा एक्कासी आँफुभन्दा ठूला लडाकुहरु देशमा जन्मेलान र आँफुलाई यसरी बितडा पार्लान भन्ने कल्पना समेत नगरे पनि अन्ततः जनता माझ परिचित माओवादी पाटिसमेत विघटन गरेर नेकपाका नामले चुनाब लडनु परेछि त्यसको चोटले राम्रै पिर परेजस्तो देखिन्छ ।

कैले एक्लै र कैले काँग्रेसको भर्याङ चढेर अघाउन्जेल सत्ताको स्वाद चाखेका प्रचण्ड यो पटक एमालेले सत्ताट नराम्ररी घिसारेर फागुन २१ को चुनाबले सडकमै ल्याएर पछारेपछि ऐले मर्नु न बाँच्नुको दोसाँधाँ छन् ।

“खाईरहेको मुखले खान खोज्छ” भन्याझैँ आफू र आफ्ना वरिपरिका समेतले फेरिफेरि सत्ताको स्वाद लिईरा बेलाँ एक्कासी सडकाँ आउन पर्दा प्रचण्डले आफू कैल्यै यो अवस्थाँ आउने सोच्याथे र ? सोच्याथेनन् नि ! तर, के गर्नु जेनजी आन्दोलनका कमान्डरहरुले नै पुराना दलका नेताहरुलाई राजनीतियाँ सक्रिय नहुन आदेश गरिरहँदा पनि अनेकन बहाना बनाएर पाटीमा सक्रिय रहेका प्रचण्ड फेरि तिहारपछि आन्दोलनमा होमिने रे ?

आँफु एक्लैले दादागिरी देखाएर सत्ताको स्वाद लि रा बेलाँ एक्कासी अर्को आएर आँफुले भन्दा ठूलो उत्पात मच्चाएर देशलाई नै खरानी बनाएर राज्यको ढुकिटीयाँ रजाइँ गर्न थालेदेखि नै छटपटाएका प्रचण्ड तराईतिरका हिजो आफू माओवादी हुँदा त्यै लाईनमा सँगै हिँडेका नेताहरुसित हात मिलाएर बालेनको दुईतिहाईको सरकार फाल्न सडक आन्दोलनाँ होम्मिने रे भन्ने शंखनाद गर्या सुन्दा थोडा बहुत बच्या माओवादीहरुनि अब सक्किने छाँट देख्खियो ।

१२ वर्ष लडेर गोडा शत्रेक हजारको ज्यान लेका प्रचण्ड एक्कै ईशारामा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म आगो लाएर ध्वस्त गर्नसक्ने शक्तिसित भिडन सक्छु भनेर त्यस्तो शक्तिलाई लल्कार्ने प्रचण्डको आँट कम्ति त हैन । तर, लडाइँमा साथ दिन्छु भन्ने दलले साथ छोडेर प्रचण्ड एक्लैलाई लडनुपर्ने बनाए भने प्रचण्ड कतिन्जेल टिक्लान र ?

त्यसैले प्रचण्ड कमरेड ! अरु साथीभाइलाई नि गरिखान दिनोस् किन त्यसै अनाहकाँ ज्यान फाल्न लाउनु हुन्छ । तपाईंले नि माओवादी युध्दका नाममा १० बर्ष र संविधान र गणतन्त्रको नाम नाममा १० बर्ष गरी कुस्तो सम्पति जोडिसक्नु भाछ । ७ मात्रै हैन कि १४ पुस्तालाई खान पुग्ने गरी कमाको सम्पति अर्कालाई खानदिने बाटो किन रोज्नु हुन्छ रु घरमै बसीबसी खानोस् पिउनुस मस्ती गर्नोस सँधैभरि सडक तताएर तपाईंकै जित हुन्छ भन्ने के ग्यारेन्टी भो र ?

हिजो पो बुढा पाटीका डरछेरुवा कार्यकर्ता थेर तपाईंले दम्काउने बित्तिकै सत्ता छोडथे ऐले त तपाईंहरुभन्दा एकसेएक लडाकुहरु छन् । एक ईशारामा उनीहरु देश खरानी पार्ने सामर्थ्य राख्छन । त्यसैले अब तिहारपछि सत्ताको विरुद्ध लडने हैन कि चुनाब लडने तयारी गर्नोस् । सरकारले फेरि फागुनमै अर्को चुनाब गर्ने रे !

त्यसैले लडाइँ जित्नतिर लागम् युध्द जितिने अवस्था अब छैन । माओवादीका नाममा डर र त्रासबीच भोट हाल्ने जनता अब नेकपाका नाममा प्रचण्डको आदेशमा सजिलै सडकाँ आउन्नन् । कुरो बुझ्नु भो त प्रचण्ड कमरेड !

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.