राजनीति

नन्दिकेशर बगैँचामा दीपावली, लोकतन्त्रको दियो कहिल्यै निभ्ने छैनः अध्यक्ष ओली

नेकपा (एमाले)ले संविधान दिवसको अवसरमा दीपावली गरेको छ । एमालेले नारायणचौरस्थित नन्दीकेशरमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले रिमोट थिचेर दीपावली र पुष्प वर्षा गर्नुभयो ।

अध्यक्ष ओली

सो अवसरमा उहाँले लोकतन्त्रको दियो कहिल्यै निभ्न र झुक्न नदिने बताउनुभयो । “लोकतन्त्रको दियो ननिभ्ने गरी, कहिल्यै नझुक्ने गरी दीपावली गरेका छौँ । यस बगैँचालाई उज्यालो नेपालको प्रतीकको रूपमा विकास गर्न चाहन्छौँ”, उहाँले भन्नुभयो ।

उहाँले संविधानले जनतालाई सार्वभौमसत्ता र सबै अधिकार दिएको बताउनुभयो । राष्ट्रियता आकांक्षा पूरा गर्नका लागि संविधान बनाएको उहाँको भनाइ थियो । अध्यक्ष ओलीले संविधान कार्यान्वयनका क्रममा कमी कमजोरी देखिए तिनीहरूलाई उचित संशोधन गर्दै अगाडि बढ्न सकिने धारणा राख्नुभयो ।

उहाँले संविधानको रक्षा र सफल प्रयोग मुख्य कार्य रहेको भन्दै त्यसमा चुनौतीसमेत देखिएको बताउनुभयो । अहिले विभिन्न प्रकारका तत्वले प्रतिगमन, देश, जनता, शान्ति सुव्यवस्थालाई असर गर्ने कुरा देखिएकोले त्यसलाई नियन्त्रण गर्नुपर्ने धारणा राख्नुभयो ।

अध्यक्ष ओलीले संविधानको सफल कार्यान्वयनमार्फत समृद्ध नेपाल सुखी नेपाली बनाइने बताउनुभयो ।

एमालेका महासचिव शङ्कर पोखरेलले संविधानको सफल कार्यान्वयन गरेर अगाडि बढ्नुपर्ने भनाइ राख्नुभयो । बिहान सोही ठाउँमा एमालेले विशेष कार्यक्रम गरेको थियो । साँझ भएको दीपावलीमा एमालेका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.