अर्थ

डाटा सेन्टरमा देखिएको समस्या समाधानपछि शेयर कारोबार पुनः सञ्चालन

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का ७२ कारोबार सदस्यको डाटा सेन्टरमा देखिएको प्राविधिक समस्या समाधान भएपछि नेप्सेमा आजदेखि नियमित धितोपत्र कारोबार सञ्चालन हुने भएको छ ।

नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीका अनुसार कारोबार सदस्यहरूको डाटा सेन्टरका रूपमा रहेको डाटा हब प्रालिमा देखिएको प्राविधिक समस्या समाधान भएको जानकारी प्राप्त भएपछि आज असोज ६ गतेदेखि नेप्सेमा पूर्ववत् रूपमा कारोबार सञ्चालन गरिने भएको हो ।

नेप्सेले डाटा सेन्टरमा प्राविधिक समस्या देखिएपछि असोज ५ गतेको नियमित कारोबार स्थगित गरेको थियो । समस्या समाधान नभएको अवस्थामा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने जोखिम देखिएपछि कारोबार रोकिएको थियो ।

नेपाल धितोपत्र बोर्डले समेत कारोबार स्थगनको विषयमा अध्ययन तथा जाँचबुझ गर्न नेप्सेलाई निर्देशन दिएको थियो । बोर्डले भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुधारका उपायसहितको प्रतिवेदन पेश गर्न निर्देशन दिँदै उपकार्यकारी निर्देशकको नेतृत्वमा पाँच सदस्यीय निरीक्षण टोलीसमेत खटाएको छ ।

डाटा सेन्टरको प्राविधिक समस्या समाधान भएसँगै आजदेखि कारोबार पुनः सञ्चालन हुने भए पनि घटनाको प्राविधिक कारण तथा प्रणालीगत जोखिम भने पहिचान हुन सकेको छैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.