भाषा/साहित्य

साहित्य र पत्रकारितामा भैरव अर्यालको योगदानबारे चर्चा

नेपाली साहित्यको हाँस्यव्यंग्य विधाका अमर स्रष्टा तथा पत्रकार भैरव अर्यालले यी क्षेत्रमा दिनुभएको योगदानको स्मरण गरिएको छ ।

शनिबार काठमाडौंको जोरपाटीमा अवस्थित भैरव स्मृति भजवमा आयोजित अर्यालको स्मृतिमा प्रकाशित कल्पतरु द्वैमासिकको ११५ औँ अङ्क लोकार्पणसँगै उहाँले नेपाली हास्यव्यङ्ग्यको श्रीवृद्धिमा गर्नुभएको योगदानको स्मरण गरिएको हो ।

सामाजिक तथा राजनीतिक विसङ्गति र विकृतिविरुद्ध अर्यालले तीक्ष्ण लेखनका माध्यमबाट देशको साहित्य भण्डारलाई समृद्ध बनाउनुभएको तथा उहाँका कविता पनि उत्तिकै सशक्त रहेका कार्यक्रमका वक्ताहरूले बताउनुभयो ।

साहित्यकार गोविन्दप्रसाद घिमिरे, कल्पतरुका प्रधान सम्पादक नवराज पुडासैनी ‘ज्योत्सना’ बद्री अर्याल, वसन्त रिजाल, विमलअर्याल, निर्मल अर्याल, राजन पुडासैनीले भैरव अर्यालको योगदानको समीक्षा गर्नुभएको थियो ।

विसं १९९३ असोज ५ गते जन्मनुभएका अर्यालको २०३३ साल असोज १९ निधन भएको हो । उहाँका ‘जय भुँडी,’ ‘दशअवतर,’ ‘गलबन्दी,’ ‘उपवन,’ ‘इतिश्री,’ ‘काउकुती’लगायत कृतिले नेपाली हास्यव्यङ्ग्यको भण्डारलाई समृद्ध बनाएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.