भाषा/साहित्य

आफ्ना पितालाई सम्झंदै पूर्वराजा ज्ञानेन्द्र शाहको भावुक कविता

कहिले अभिमान त कहिले स्वाभिमान हो बुवाज्यू
कहिले धरती त कहिले आकास हो बुवाज्यू
मुमाज्यूले जन्म दिनु भएको त सत्य
जानेको जस्ले जगको परिचय हो बुवाज्यू

कहिले कांधमा हालेर घुमाउने हो बुवाज्यू
कहिले घोडा बनेर अल्झाउने हो बुवाज्यू
मुमाज्यूले खट्टामा उभिनु सिकाएको हो सत्य
खुट्टामा दरिलोसंग चल्नु सिकाएको हो बुवाज्यू

कहिले रोटी त कहिले पानी हो बुवाज्यू
कहिले बुढापा त कहिले जवानी हो बुवाज्यू
मुमाज्यू हुनु हुन्छ पवितत्राको धून
कहिले भूल्नु नसक्ने त्यो कहानी बुवाज्यू

कहिले हाँसो त कहिले अनुशान हो बुवाज्यू
कहिले मौन त कहिले भाषण हो बुवाज्यू
मुमाज्यू घरको भण्डार हुनु हुन्छ सत्य
चलाउने घरको राशन हुनु हुन्छ बुवाज्यू

कहिले सपना पूरा गर्ने जिम्मेवारी बुवाज्यू
कहिले आँसुमा डुबेको दुर्बल हुन्छ बुवाज्यू
मुमाज्यू जरुरत परेमा आफ्नो गहना बेच्ने
आफूलाई परेमा बेच्नु सक्ने हो बुवाज्यू

कहिले हाँसो त कहिले खुसी हो बुवाज्यू
कहिले एक्लो त कहिले बिवस हो बुवाज्यू
मुमाज्यूले त भन्नु हुने आफ्नो दिलको कुरा
सबै संचय गरेर आकास फैलेको जस्तो बुवाज्यू

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.