जन सरोकार

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् ।

सोमबार दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु साह खोलामा डुबेर बेपत्ता भएका हुन् । उनलाई लखन्देही सोती खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार छिमेकीको दाहसंस्कारमा सामेल साह नुहाउन खोलामा पसेपछि बेपत्ता भएका हुन् । लगातारको बर्सात्का कारण खोलामा पानीको सतह बढेकाले वृद्ध बेपत्ता भएका हुन् ।

उनको खोजी कार्यमा स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली खटिएको प्रहरी नायब उपरीक्षक गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.