जन सरोकार

अख्तियारद्वारा भ्रष्टाचार गरेको आरोपमा १० जनामाथि आरोपपत्र दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लमजुङको राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसहित १० जनाले आर्थिक हिनामिना गरेका भन्दै मंगलबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

आयोगले सो नगरपालिकामा आव २०७६/७७ मा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत कार्यक्रम सञ्चालनका लागि प्राप्त रु १६ लाख ७२ रकम श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट प्राप्त सर्शत अनुदान रकम तोकिएको कुनै कार्यक्रम नगरी हिनामिना तथा हानीनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा आरोपपत्र दायर गरेको हो ।

आयोगले मिलेमतो गरेको भन्दै राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अधिकारी, तत्कालीन लेखापाल नवीनकुमार बराल, वडा नं १ का तत्कालीन वडाध्यक्ष रमेश न्यौपाने, वडा नं ३ का तत्कालीन वडा सदस्य ओजराज पौडेल, वडा नं ४ का तत्कालीन वडाध्यक्ष जैमान गुरुङ, वडा नं ५ का तत्कालीन वडाध्यक्ष नन्दबहादुर कुमाल, वडा नं ६ का तत्कालीन वडाध्यक्ष रूकबहादुर तामाङ गुरुङ, वडा नं ८ का तत्कालीन वडाध्यक्ष कृष्णप्रसाद लामिछाने र वडा नं ७ का तत्कालीन वडाध्यक्ष माधवप्रसाद पराजुलीलाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा फरकफरक बिगो कायम गरी कैद सजाय र बिगो बमोजिम जरिवाना गरी बिगो असुलउपर हुन माग दाबी गरिएको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.