जापान

जापान जान किर्ते कागजात तयार गर्ने १४ म्यानपावर कम्पनी निलम्बन

जापानमा कामदार पठाउन जापानी भाषा तथा संस्कृतिसम्बन्धी तालिमको शङ्कास्पद प्रमाणपत्र पेस गर्ने १४ म्यानपावर कम्पनी निलम्बनमा परेका छन् ।

वैदेशिक रोजगार विभागले शंकास्पद कागजाततयार गरी श्रम स्वीकृत लिएको भन्दै १४ म्यानपावर कम्पनीलाई निलम्बन गरी अनुसन्धान सुरु गरेको छ ।

विभागका सूचना अधिकारी कविराज उप्रेतीले सोमबार वैदेशिक रोजगार ऐन २०६४ को दफा ६१ को ७ बमोजिम १४ वटा संस्था निलम्बन भएका छन् भने अन्य संस्थाको हकमा अनुसन्धान जारी रहने निर्णय भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.